Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – मोबाइल फोनको अधिक प्रयोग स्वास्थ्यका लागि घातक मानिन्छ ।

धेरै मोबाइल चलाउँदा टाउको दुख्ने, आँखा दुख्ने जस्ता समस्या पनि देखिन्छन पनि ।

अझ मोबाइलको भाइब्रेसनले स्वास्थ्यमा नपुंशक हुने, क्यान्सर हुने भन्नेजस्ता हल्ला पनि चलेका सुनिन्छन ।

तर के वास्तविकता त्यस्तै हो त ? फोनको रेडियसनसंग नजिक हुदाँ यसले क्यान्सर जस्तो प्राणघातक रोगको खतरा उत्पन्न गराउँछ गराउन्न भन्नेबारे मत विभाजित छ ।

घातक भन्ने बित्तिकै मानिसहरुमा ‘रेडियसन’ प्रति त्रासको भाव पैदा हुने गरेको छ । केही रेडियसनले कोशिका तथा डीएनएलाई क्षति पुर्‍याउँछ । जसले क्यान्सरको खतरा समेत निम्त्याउँने विशेषज्ञहरु बताउँछन ।

रेडियसन के हो ?
रेडियसन भनेको वरिपरीको वातावरणमा उत्सर्जन भएका ऊर्जा तरंगहरु हुन् ।

मोबाइल फोनको हकमा रेडियसनको कुरा गर्दा ‘इलेक्ट्रोम्याग्नेटिक रेडियसन’ भन्ने बुझिन्छ ।

यसरी हेर्दा क्यान्सर उत्पन्न गराउने अल्ट्रा भायोलेट अर्थात् युभी रेडियसन पनि इलेक्ट्रोम्याग्नेटिक रेडियसन नै हो ।

यसकारण पनि धेरै मानिसहरु मोबाइल फोनको रेडियसनलाई क्यान्सरसंग जोडेर हेर्ने गरिएको छ ।

घामबाट आउने अल्ट्रा भायोलेट किरणले जब छालालाई छेडेर डीएनए रहेको सेलभित्रको स्थानमा पुग्छ तब क्यान्सर उत्पन्न गराउँछ ।

समयसंगै यसले डीएनएमा असर गर्छ र कोशिका नै प्रभावित बन्छ । शरीरमा नयाँ कोशिका उत्पादन गर्न डीएनएको विशेष भूमिका हुन्छ ।

तर डीएनएमा नै क्षति पुगेपछि नयाँ बन्ने कोशिका पनि दुषित हुन्छन् । यसरी दुषित कोशहरु बढ्दै गएपछि यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ ।

तर हामीले थाहा पाउनुपर्ने कुरा के हो भने मोबाइलफोनबाट उत्सर्जन हुने युभी रेज फरक हो ।

एक्स रे, युभी रेज तथा विभिन्न किसिमका हानिकारक रेडियसनलाई आयोनाइज गरिएको हुन्छ । मोबाइल फोन तथा डेस्क ल्याम्पहरुमा प्रयोग हुने रेडियसनलाई आयोनाइज गरिएको हुँदैन ।

यसकारण अधिकांश वैज्ञानिक तथा विज्ञहरु मोबाइलबाट उत्सर्जन हुने रेडियसन घरको रेडियटर जस्तो हुने र यससंग डराउनु नपर्ने बताउँछन् ।

यसर्थ मोबाइलको भाइब्रेसनकै कारण क्यान्सर र मानिसको मृत्यु जस्ता विषय अतिरञ्जनापूर्ण भएको विज्ञहरु बताउँछन । ***

तपाईको प्रतिक्रिया