Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – चिनियाँ जनमुक्ति सेनाले नोवेल कोरोना भाइरसको इपिसेन्टर वुहानमा १४ सय सैन्य स्वास्थ्यकर्मी खटाएको छ । राष्ट्रपति सी चिनफिङको निर्देशनमा सैन्य डाक्टर र नर्सहरू आवश्यक खाद्यान्न र अन्य उपकरण बोकेर आइतबार वुहान ओर्लिएका हुन् ।

उनीहरूले सोमबारदेखि काम थाल्नेछन् । वुहान पुग्ने अधिकांश सैन्य  स्वास्थ्यकर्मीले यसअघि सन् २००३ सार्स र सन् २०१४ मा पश्चिम अफ्रिकामा फैलिएको इबोला महामारीमा उपचार गरेका थिए । उनीहरू केहीदिन अघि बनाइएको एक हजार शैयाको अस्पतालमा गएर बिरामीको उपचारमा खटिने छन् ।

वुहानमा अर्को अस्थायी अस्पताल पनि अहिले धमाधम निर्माण भइरहेको छ । बुधबारदेखि उक्त अस्पतालमा पनि बिरामी जाँच सुरू हुने जनाइएको छ । आइतबारसम्म चीनमा मात्र  ३ सय ४ जनाको मृत्यु भएको छ भने १४ हजार ३ सय ८० जना संक्रमित छन्, तीमध्ये ११ सय १८ जनाको अवस्था गम्भीर छ भने ४ सय ४४ जना जोखिमपूर्ण अवस्थामा छन् ।

तपाईको प्रतिक्रिया