Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५९ पुगेको छ । यस्तै त्यहाँ संक्रमितहरुको संख्या करीब १२ हजार पुगिसकेको छ । चीनको तथ्याङ्कअनुसार चीनमा ११ हजार ७९१ मा कोरोनाको संक्रमण देखिएको छ ।

चीन बाहेक यस भाइरस अन्य २४ मुलुकमा फैलिएका छन् । त्यहाँ करिब १२८ मानिस संक्रमित भएका छन् । भाइरसबाट सबैभन्दा बढी प्रभावित चीनको हुबेइ प्रान्तबाट विभिन्न मुलुकले आफ्ना नागरिकको उद्धार गरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय चिन्तालाई मध्यनजर गर्दै सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेका छ । चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले महामारीको रुप लिएको छ । अहिले कोरोना भाइरसको संक्रमण देखिएका देशहरुमा उच्च सुरक्षा अपनाउन थालिएको छ । आवागमनमा समेत कडाइ गरिएको छ ।

तपाईको प्रतिक्रिया