Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – प्रदेश सरकारको समन्वयमा प्रदेश २ बाट वैदेशिक रोजगारीमा जाने युवाहरुले बिना धितो सहुलियत ऋण पाउन थालेका छन्।

प्रदेश सरकार , सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेहरूलाई सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउन भएको सम्झौताअनुसार प्रभु बैंकले आजबाट युवाहरुलाई ऋण दिन थालेको हो। जनकपुरमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको आरम्भ गरे। कार्यक्रममा प्रदेश नं। २ का ९ जना युवाहरुले पहिलो दिन उक्त कर्जा प्राप्त गरेका छन्।

उक्त अवसरमा मुख्यमन्त्री राउतले प्रदेश सरकारको पहल तथा सीप परियोजनाको सहयोगमा सुरु भएको यो योजनाले साहुबाट ऋण लिएर वैदेशिक रोजगारीमा जानुपर्ने युवाहरुको बाध्यतालाई केही हदसम्म समाधान गर्ने विश्वास व्यक्त गरे। उनले अब वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सीप सिकेर जानु पर्नेमा जोड दिए।

यसअघि एसबिआई बैंकले हिजो मात्र यो कर्जाको आरम्भ गरेको थियो। प्रदेश सरकार, सीप परियोजना र प्रभु बैक तथा एसबिआई बैंकबीच साउन महिनामा वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्झौता भएको थियो। सोही सम्झौताअनुरुप बैंकहरुले यो ऋण सेवा सुरु गरेका छन्।

प्रभु बैकले यो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा दिने छन् भने बाँकी सिरहा, धनुषा र महोत्तरीमा एसबीआई बैंकले सेवा दिने सम्झौता प्रदेश सरकारसँग गरेका छन्। यस योजनाअन्तर्गत वैदेशिक रोजगारीमा जाने युवाहरुले पासपोर्ट बनाउने बित्तिकै बैंकमा नागरिकता, पासपोर्ट र ४ प्रति फोटोसहित निवेदन दिनुपर्ने छ। त्यस लगत्तै बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाममा बचत खाता खोलिदिने र भिसा लागेपछि, भिसा, श्रम सम्झौता बैंकमा जम्मा गरेपछि पाँच दिन भित्र कर्जा उपलब्ध गराउने प्रावधान राखिएको छ।

तपाईको प्रतिक्रिया