Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – नोभेल कोरोना भाइरसको महामारी सातापछि मत्थर हुँदै जाने विज्ञले बताएका छन् । चिनियाँ एकेडेमी अफ इन्जिनियरिङका श्वासप्रश्वाससम्बन्धी विज्ञ झोङ्ग नान्शानले आगामी साता दश दिनभित्र भाइरस सङ्क्रमण उच्च विन्दुमा पुग्ने र त्यसपछि यसको प्रभाव क्रमिक रुपमा घट्दै जाने जनाएका छन् ।

उनका अनुसार आगामी १० दिनदेखि दुई साता उक्त भाइरसबाट सङ्क्रमितलाई हेरचाह गरिनुपर्छ। त्यसपछि जो स्वस्थ छन्, उनीहरूलाई सङ्क्रमण हुने खतरा हुँदैन र जो सङ्क्रमित भइसकेका छन्, उनीहरूलाई भने स्वास्थ्य उपचार गरिनुपर्छ । ‘त्यसपछि स्प्रिङ बिदामा मानिसहरूको आवतजावतले यसलाई फैलाउन सक्दैन, तर नियन्त्रण गर्ने उपाय भने अवलम्बन गरिनुपर्छ,’ उनले भने ।

उनका अनुसार यस महामारीबाट बच्ने सबैभन्दा सजिलो उपाय भनेको चाँडै यसको पहिचान गर्ने र सङ्क्रमितहरूलाई चाँडो उपचार गराउने हो । स्थानीयको साथले यस महामारीबाट चाँडै बच्न सकिने उनको दाबी छ ।

तपाईको प्रतिक्रिया