Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – आउँदो सेप्टेम्बर १३ तारिखदेखि अन्तरराष्ट्रिय उडान शुरु गर्न गईरहेको भगवान बुद्ध (बिबि) एयरवेज कम्पनीका अध्यक्ष भवन भट्टले जापानमा रहेका नेपालीहरुलाई बिबि एअरवेजमा लगानी गर्न हार्दिक आह्वान गर्नुभएको छ ।

जापानमा रहेका नेपालीहरुलाई बिबि एअरवेजको लगानी योजनाका सम्बन्धमा औपचारिक जानकारी गराउन शनिबार टोकियोमा आयोजित एक समारोहमा श्री भट्टले लगानीका लागि आह्वान गर्नुभएको हो ।

बिबि एअरवेजले आगामी अक्टुबर १३ देखि जापानको नारिताबाट हाललाई चार्टर उडानकारुपमा हप्ताको २ पटक सिधा नेपाल उडान भर्ने यस अघि नै घोषणा गरिसकेको छ । उक्त घोषणाबाट उत्साहित बनेका जापानबासी नेपालीहरुलाई बिबि एअरवेजको लगानी योजनाका सम्बन्धमा आवश्यक जानकारी प्रवाह गरी लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न सो कम्पनीले नेपालीहरुका लागि पहिलोचोटी उक्त कार्यक्रमको आयोजना गरेको हो ।

उदघाटन उडानभन्दा करिव १ महिना अगाडि मात्र सार्बजनिकरुपमा लगानीका लागि आह्वान गरेको बिबि एअरवेजले कुल लगानी करिव ४ अरबको ३० प्रतिशत मात्र स्वदेश तथा बिदेशमा बस्ने नेपालीहरुलाई लगानीका लागि खुल्ला गरिने बताएको छ भने अरु ७० प्रतिशत कम्पनी स्वयमले लगानी गर्ने बताएको छ ।

टोकियो सिन्जुकुस्थित प्रिन्स होटलमा भएको उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका कोषाध्यक्षसमेत रहेका बिबि एयरवेजका अध्यक्ष श्री भट्टले बिबि एअरवेजको हालसम्मको कार्यप्रगति प्रतिबेदन, तैयारी र लगानी योजनाबारे स्लाईड-शो मार्फत बिस्तृत जानकारी गराउँदै जापानबासी नेपालीहरुलाई  लगानी गर्न आह्वान गर्नुभएको थियो ।

अध्यक्ष श्री भट्टले पर्यटनको क्षेत्रमा नेपालको अत्यन्त राम्रो संभावना रहे पनि त्यसको आवश्यक पूर्वाधार, उचित ब्यवस्थापन र प्रयाप्त मात्रामा आफ्नै विमान नहुँदा उल्लेख्य मात्रामा पर्यटकहरु नेपाल भित्रिन नसकेको प्रसंग कोट्याउँदै पर्यटन प्रबर्द्धनसंगै मुलुकको आर्थिक समृद्धिका लागि गैरआवासीय नेपालीहरुको अभियानकारुपमा बिबि एअरवेज आएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘लगानीको ग्यारेन्टी गरिएको यस योजनामा एक युनिट बराबर १ लाख येन न्युनतम लगानी दर कायम गरिएको छ, र १० युनिट बराबर लगानीकर्ताका लागि आफु बसेको मुलुकबाट बर्षको १ पटक नेपाल आतेजाते गर्ने हवाई टिकटको सुबिधा उपलब्ध गराईने छ भने १ युनिट लगानीकर्ताका लागि थप ५ किलो सामानको सुबिधा दिईने छ।’

बिबि एअरवेजको थालनीको प्रारम्भिक ३ बर्षपछि लगानीकर्ताको रकम निजको स्वेच्छाले शेयरमा परिबर्तन गर्ने वा बार्षिक ५ प्रतिशत ब्याजसहित फिर्ता लिन सकिने कम्पनीको प्रावधान रहेको बण्ड (ऋणपत्र) सिष्टममा लगानी गर्न अध्यक्ष भट्टले आह्वान गर्नुभएको छ ।

कार्यक्रममा जापानका बिभिन्न क्षेत्रका ब्यवसायी, बुद्धिजीवी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो । उनीहरुले अध्यक्ष श्री भट्टसंग बिबि एअरवेजको लगानी योजनाका सम्बन्धमा विविध पक्षहरुमा अन्तरक्रिया गरेका थिए ।

कार्यक्रमको अन्तमा, बिबि एअरवेजको सफलताको कामना गर्दै डा. भूपालमान श्रेष्ठ, महेशकुमार श्रेष्ठ, डा. राम गिरी, ध्रुब भट्टचन, राजन प्रधानाङग, ओम गुरुङ, किरणविक्रम थापालगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । कार्यक्रमको संचालन  भूषण घिमिरेले गर्नुभएको थियो ।

स्मरण रहोस, बिबि एअरवेजले क्वालालम्पुर, हङकङ, बैंकक, नयाँदिल्ली, दोहा, सिंगापुर र टोकियोका लागि अन्तरराष्ट्रिय उडान भर्ने अनुमति पाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्विरहरुः संदिप ढुंगाना

तपाईको प्रतिक्रिया