Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – कोरोना भाइसरको सुरुवाती बिन्दु मानिएको चीनको बुहानमा सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरिएको छ ।

अस्थायी रुपमा सार्वजनिक यातायात बन्द गरिएपछि त्यहाँ बसोबास गर्ने १ करोड १० लाख भन्दा बढी मानिस प्रभावित भएका छन ।

गत डिसेम्बरमा बुहानबाट देखिएको कोरोना भाइरसको संक्रमण चीनका अन्य स्थानमा समेत फैलिएपछि रोकथामको प्रयत्नस्वरुप अस्थायी रुपमा सार्वजनिक यातायात बन्द गरिएका चिनियाँ अधिकारीहरुले जनाएका छन ।अस्थायीरुपमा सार्वजनिक यातायात बन्द हुँदा मानिसहरुको आवातजावात रोकिने र संक्रमण पनि फैलन कम हुने दावी गरिएको छ । कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ भने ५ सय भन्दा बढी संक्रमित भएको बताइएको छ ।

स्वासप्रस्वासमा समस्या हुने तथा उच्च ज्वरो आउनेसहितका लक्ष्यण देखिदै मानिसको मृत्यु नै हुन थालेपछि कोरोनाकाबिरुद्ध संसारभर सतर्कता अपनाइएको छ ।

कोरोनाभाइरसको पछिल्लो सङ्क्रमण चीनको वुहान सहरको एक बजारमा जनावरबाट सुरु भएको अधिकारीहरूको भनाइ छ।
अहिले चिनियाँ अधिकारीहरूले वुहान सहरका  बासिन्दालाई जरुरी काम नभइ शहर नछोड्न निर्देशन दिएका छन्।
तपाईको प्रतिक्रिया