Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – सरकारले उखु किसानको रकम भुक्तानी नगर्ने उखु मिलको आर्थिक कारोबार रोक्का गर्न पत्रचार गरेको छ ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन उखु मिलको कारोबार रोक्का गर्न आन्तरिक राजश्व विभागमा पत्राचार गर्नै निर्णय गरेको हो ।

कारोबार रोक्का हुने उखु मिलहरुमा अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्स छन् । बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले कारोबार रोक्न पत्राचार गरिसकेको जनाएको छ। उखु मिलहरु मन्त्रालयको  सम्पर्कमा नआएपछि कारोबार नै रोक्न पत्राचार गर्नुपरेको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए । उनका अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र उखु किसानबीच गत पुस १८ गते माघ ७ भित्र सबै भुक्तानी दिइसक्नुपर्ने सहमति भएको थियो ।

तोकिएको समय भित्र मिल सञ्चालकहरु सम्पर्कमा नआएपछि कारोबार नै रोक्ना गर्ने निर्णय गरिएको हो । हालसम्म उखु किसानले १६ करोड १४ लाख रुपैयाँ मात्रै भुक्तानी पाएका छन् । मन्त्रालयको विवरण अनुसार किसानले आठ उद्योगबाट अझै ८४ करोड २५ लाख रुपैयाँ पाउन बाँकी छ ।

अन्नपूर्ण र इन्दिर सुगर मिल राकेश अग्रवालको हुन भने लुम्बिनी सुगर मिल्स मनिष अग्रवालले लिजमा लिएर सञ्चालन गरिरहेका छन् । मनिष अग्रवालको मृत्यु भएकाले उक्त उद्योग हाल कसले सञ्चालन गर्छ भन्ने विषयमा मन्त्रालय बेखबर छ ।

तपाईको प्रतिक्रिया