Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – भारतमा चर्किएको मूल्यवृद्धिले नेपाली उपभोक्ताको भान्सा महँगिएको तथ्य राष्ट्र बैंकले सार्वजनिक गरेको छ। गएको मंसिरमा नेपाली बजारमा तरकारीको भाउ औसत ४२ प्रतिशत महँगिएको छ। यसको मतलब अघिल्लो साल १ सय रुपैयाँमा पाइने तरकारी किन्न यो वर्ष १ सय ४२ रुपैयाँ खर्चनुपर्ने भएको हो। यो दर मुलुकभरका बजार केन्द्रबाट लिइने र धेरै किसिमका तरकारीको मूल्य जोडिने भएकाले ठाउँ र बालीअनुसार मूल्य वृद्धि थपघट भएको हुन सक्छ।

यससँगै मसलाको भाउ १५ प्रतिशत बढेको छ भने मदिरा र सुर्तीजन्य वस्तुको मूल्य १० प्रतिशतको हाराहारीमा महँगिएको छ। फलफूलको मूल्य पनि साढे ८ प्रतिशतभन्दा धेरै बढेको छ। यसले भान्सामा आवश्यक अधिकांश वस्तुको भाउ आकासिँदा मानिसको जीवन निर्वाह खार्च बढ्छ। राष्ट्र बैंकले उपभोग्य वस्तुको थोक मूल्य नै २० प्रतिशतभन्दा धेरै महँगिएको बताएको छ। तर खानेकुरा, पेय पदार्थ र सुर्ती चुरोटको मूल्यवृद्धि २४ प्रतिशत हाराहारी छ।

निर्माण सामग्री, पेट्रोलियमलगायत ‘मध्यवर्ती वस्तु’ र औद्योगिक कच्चा पदार्थको मूल्यवृद्धि कम भएकाले औसत मूल्यवृद्धिको दर (मुद्रास्फीति) भने ६.५५ प्रतिशत मात्र रहेको राष्ट्र बैंकले जनाएको छ। यो पनि सरकारी अनुमानभन्दा धेरै हो। अर्थ मन्त्रालय र राष्ट्र बैंकले यो वर्ष औसत मुद्रास्फीति ६ प्रतिशतमा रोक्ने लक्ष्य मौद्रिक नीतिमार्फत अघि सारेको थियो। तर, गएको जेठदेखि नै ६ प्रतिशतभन्दा धेरैले मूल्य बढिरहेको छ। पछिल्ला दिनमा सिमेन्ट, छड र पेट्रोलियम पदार्थको मूल्य पनि बढ्न थालेका छन्। पुस महिनाको तथ्यांक सार्वजनिक हुँदा मूल्यवृद्धि अझै बढ्ने सम्भावना रहेको राष्ट्र बैंकका अधिकारी बताउँछन्।

राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्ट पनि मूल्यवृद्धि नियन्त्रण गर्न चुनौती बढेको बताउँछन्। ‘भारतले ४ प्रतिशतमा रोक्ने भनेको मुद्रास्फीति अहिले नै ७.३५ प्रतिशत पुगिसकेको छ’ ,उनले भने, ‘हाम्रो उपभोग्य वस्तु प्रायः भारतबाटै आयात हुने भएकाले उनीहरूको महँगिले हामीलाई पनि असर गरेको छ।’ मुलुकभित्रको उत्पादनले सबै नेपालीलाई बाँच्न नपुग्ने भएपछि यस्तो परिस्थित बनेको हो।

तपाईको प्रतिक्रिया