Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – हेर्दा सामान्य लाग्ने भुस पराल र छ्वालीको विश्व बजार भने आकर्षक छ । कागज, विद्युत् उत्पादन, जनावरको आहारा, भुइँमा ओछ्याउने वस्तुहरू, प्याकिङ सामग्रीमा सुरक्षा कवच, प्राकृतिक रूपमा छाना छाउने, जैविक मल, खेतमा छापो र च्याउ उत्पादनमा प्रयोग हुने अन्नका भुस, पराल र छ्वालीको विश्वव्यापी मागमा वृद्धि भएको छ । आईटीसी ट्रेडम्यापका अनुसार विगत ५ वर्षमा यस्ता वस्तुको आयातमा ४ प्रतिशत र गत २ वर्षमा करीब ३४ प्रतिशत वृद्धि भइरहेको छ ।

२०१८ मा विश्वमा यस्ता वस्तुको आयात मात्र ४६ करोड ९६ लाख अमेरिकी डलर (रू. ५३ अर्ब ५४ करोड) हाराहारीमा छ । उक्त वर्ष जापानमा मात्र ९ करोड ४६ लाख अमेरिकी डलर (रू. १० अर्ब ८० करोड) बराबरको अन्नका भुस, पराल र छ्वालीको आयात भएको छ ।

नेपालबाट पनि थोरै परिमाणमा भए पनि यस्ता वस्तुको निर्यात भइरहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०१८/१९ मा यस्ता वस्तु रू. ११ हजार बराबरको निकासी भएको पाइन्छ । आर्थिक वर्ष सन् २०१४/१५ मा नेपालबाट यस्ता वस्तु करीब रू. ७२ लाख बराबरको निर्यात भएको थियो । त्यत्तिकै खेर गइरहेका यस्ता वस्तुलाई उचित प्रबन्धसहित निर्यात गर्न सकिने प्रबल सम्भावना देखिन्छ ।

तपाईको प्रतिक्रिया