Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडाैं – चितवनमा धुर्मुस-सुन्तली फाउण्डेशनले निर्माण गरिराखेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि निजामती कर्मचारीले आर्थिक सहयोग गरेका छन् ।

फाउण्डेशनको खातामा सात लाख ३४ हजार ८ सय २३ रूपैयाँ जम्मा गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए । बस्नेत यसअघि चितवन प्रजिअ थिए । उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट ९० हजार, जिल्ला प्रशासन कार्यालयबाट ८९ हजार, दुरसञ्चार भरतपुरबाट ८६ हजार पाँच सय २०, राप्ती नगरपालिकाबाट ७४ हजार एक सय १२, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय चितवनबाट ४६ हजार ६ सय, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनबाट ३१ हजार तीन ८५ रूपैयाँ सहयोग उठेको थियो ।

यस्तै आन्तरिक राजस्व कार्यालय चितवनबाट ३१ हजार दुई सय ७०, जिल्ला हुलाक कार्यालय चितवन ३० हजार दुई सय, नापी कार्यालय भरतपुर, चितवनबाट २३ हजार ६ सय ३५, यातायात व्यवस्था सेवा कार्यालय चितवनबाट २० हजार उठेको हो । मत्स्य विकास केन्द्र भण्डारा, चितवनबाट ७ हजार तीन सय ५, राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला चितवन ७ हजार ८ सय १३, तथ्याङ्क कार्यालय चितवन ६ हजार एक सय ७५, जिल्ला निर्वाचन कार्यालय चितवनबाट १० हजार एक सय, स्वास्थ्य कार्यालय चितवनबाट २२ हजार एक सय, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबाट २१ हजार पैसा उठेको थियो ।

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम चितवन १९ हजार ३ सय ५१, कारागार कार्यालय चितवन १९ हजार दुई सय, शिक्षा विकास तथा समन्वय इकाई चितवन १५ हजार ८ सय ३०, दूर सञ्चार कार्यालय टाडी, पर्सा, भण्डारा, सौराहा, खैरहनीबाट गरी १५ हजार, मौरीपालन विकास कार्यक्रम चितवनबाट १३ हजार ४ सय २० उठेको हो ।

यस्तै प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना चितवनबाट पाँच हजार, घरेलु तथा साना उद्योग कार्यालय चितवनबाट ८ हजार सात सय ६०, कोष तथा लेखा नियन्त्रक कार्यालय चितवन ५ हजार, मालपोत कार्यालय चनौली, चितवनबाट ९ हजार ९ सय ९०, नापी कार्यालय माडी चितवनले ५ हजार ६ सय ७ सहयोग गरेका छन् ।

मालपोत कार्यालय खैरहनी चितवनले ६ हजार २ सय ७७, किम्बु नर्सरी विकास केन्द्र भण्डाराले ७ हजार ३ सय १, नारायणी लिफ्ट खगेरी सिञ्चाई व्यवस्थापन कार्यालयले छ हजार ८ सय ७२ गरी कूल ७ लाख ३४ हजार ८ सय २३ रूपैंयाँ फाउण्डेशनको खातामा जम्मा गरिएको बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया