Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडाैं – घर तथा गाडी खरिदमा बैंकहरुले दिने कर्जामा राष्ट्र बैंकले थप कडाई गरेको छ । बैंकले एक सूचना जारी गर्दै घर तथा गाडी खरिद गर्नको लागि कर्जामा कडाइ गरेको हो ।

बैंकले ब्यक्तिगत प्रकृतिको आवाधिक कर्जा, घर कर्जा र हार्यर पर्चेज कर्जामा कडाई गर्दै आम्दानीको ५० प्रतिशत भन्दा बढी किस्ता नबढ्ने गरि कर्जा प्रवाह गर्न बैंकहरुलाई निर्देशन दिएको छ । ऋण भुक्तानी आम्दानी अनुपातलाई सन्तुलित कायम गर्न भन्दै राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर तथा हायर पर्चेज कर्जामा कसिलो व्यवस्था गरेको हो ।

त्यस्तै राष्ट्र बैंकले कर्जा प्रभाव गर्दा ऋणीको आय स्रोत खुल्ने प्रमाणीत कागजात अनिवार्य रुपमा संलग्न गराउन निर्देशन दिएको छ । ऋणीले पेश गरेको स्रोतमा कर चुक्ता गरेको वा अध्यावधिक गरेको प्रमाणपत्रको आधारमा मात्रै आम्दानी गणना गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

हाल किस्ता धान्न सक्ने आम्दानी देखिएसम्म बैंकहरुले ऋण प्रवाह गर्दै आएका छन् । तर अब भने कुल आम्दानीको ५० प्रतिशतभन्दा बढी किस्ता हुन नहुनेगरी यस्तो निर्देशन दिइएको हो । नयाँ व्यवस्थाअनुसार मासिक १ लाख कमाई गर्ने व्यक्तिले ५० हजारभन्दा बढी किस्ता बुझाउनेगरी ऋण पाउने छैन ।

तपाईको प्रतिक्रिया