Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूह र पेशागत समावेशी समूह गरी दुई प्यानल निर्वाचनका लागि होमिएका हुन् । दुवै समूहले घोषणापत्र सार्वजनिक गर्दै आफ्नो प्यानलले जित्ने दाबी गरेका छन् ।

दुवै समूहले राजनीतिक पार्टीभन्दा फरक पेशागत तथा लोकतान्त्रिक समूह दाबी गरे पनि नेपाली काँग्रेस निकट लोकतान्त्रिक समूह र नेपाल कम्युनिष्ट पार्टी, मधेशवादी दल लगायतको अन्य समूह समावेशी प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

पेशागत समावेशी समूहले हालसम्म लोकतान्त्रिक प्यानलले चिकित्सक संघलाई नेतृत्व गरिसकेकाले नयाँ समूहको नयाँ अनुहार आउने दाबी गरेको छ । समावेशी समूहबाट अध्यक्ष पदका प्रत्यासी डा. पुष्पमणि खनालले आफ्नो प्यानलले जितेमा नेपाल चिकित्सक संघमा व्यापक सुधार गरेर अघि बढ्ने बताउनुभयो ।
यता, लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदका प्रत्यासी डा. लोचन कार्कीले चिकित्सकको हितमा पाँच बुदे प्रतिवद्धता सार्वजनिक गर्दै चिकित्सकको पेशागत सुरक्षा र वृत्ति विकासलाई मुख्य जोड दिएको बताउनुभयो ।

आगामी चिकित्सकहरुको चुनावका लागि पेशागत समावेशी समूहबाट डा. पुष्पमणि खराल अध्यक्ष, डा. रक्षा श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष, डा. रञ्जितकुमार झा उपाध्यक्ष, डा. मधुर बस्नेत महासचिव, डा. सन्जितकुमार शाह कोषाध्यक्ष, डा. शैलेन्द्र झा सहसचिव, डा. उदयनारायण सिंह सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । यस्तै सदस्यहरुमा डा. दीपकप्रसाद कोइराला, डा. जगदिशचन्द्र विष्ट, डा. लिजन महर्जन, डा. राकेशकुमार शाह, डा. सुमन काफ्ले र डा. त्रिभुवनचन्द्र झाले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, लोकतान्त्रिक समूहबाट अध्यक्षमा डा. लोचन कार्की, वरिष्ठ उपाध्यक्षमा डा. शिवप्रसाद श्रेष्ठ, उपाध्यक्षमा डा. अनिल विक्रम कार्की, महासचिवमा डा. बद्री रिजाल, कोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी, सहसचिवमा डा. निरजकुमार सिंह, सहकोषाध्यक्षमा डा. विश्वराज दवाडीले उम्मेदवारी दिनुभएको छ । यस्तै लोकतान्त्रिक सदस्यमा समूहबाट विक्रान्त ढकाल, वीपेश आचार्य, डा. नन्द कुमारी गुरुङ, डा. प्रमोद जोशी, डा. रितेश थापा र डा. सन्जिव तिवारी हुनुहुन्छ ।रासस ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया