Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडाैं – खेलौनाहरूको समीक्षा गर्दै युट्युबमा भिडिओ प्रेषित गर्ने आठ वर्षीय बालक लगातार दोस्रो वर्ष युट्युबबाट सर्वाधिक रकम कमाउने व्यक्ति बन्न सफल भएका छन् ।

र्‍यान्स वर्ल्ड अर्थात् र्‍यानको संसार नामक कार्यक्रम चलाउने गरेका र्‍यान युट्युबबाट सन् २०१९ मा २.६ करोड अमेरिकी डलर कमाउन सफल भएका छन् । उनले सन् २०१८ मा २.२ करोड डलर कमाएका थिए । फोर्ब्स म्यागजीनले युट्युबबाट सर्वाधिक रकम कमाउने उत्कृष्ट १० जनाको सूचीमा उनलाई राखेको छ । जुन २०१८ देखि जुन २०१९ सम्मको अनुमानित कमाइको आधारमा फोर्ब्सले त्यो निष्कर्ष निकालेको हो ।

उनीपछि बढी रकम कमाउनेमा ड्यूड पर्फेक्ट दोस्रो स्थानमा र नास्ट्या तेस्रो स्थानमा आएका छन् । उनीहरूले क्रमश: दुई करोड र एक करोड ८० लाख अमेरिकी डलर कमाएको फोर्ब्सको सूचीमा उल्लेख छ । त्यो विवरणअनुसार सन् २०१९ का १० उत्कृष्ट युट्युबरहरूले अनुमानित कुल १६ करोड २० लाख डलर रकम आर्जन गरेका छन् ।

तपाईको प्रतिक्रिया