Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – जाडो मौसममा मुटुको समस्या बढ्ने मुटु रोग विशेषज्ञहरूले बताएका छन् । मुटु रोग विशेषज्ञ डा. शिवजी सिलवालले जाडोमा रक्तनली खुम्चँदा मुटुमा पर्याप्त अक्सिजनयुक्त रगतको आपूर्ति हुन सक्दा हृदयघातको जोखिम बढी देखिने बताए ।

गर्मीभन्दा जाडो महिनामा खाने कुरा बढी सेवन गर्ने व्यायम नगर्ने गर्दा यसको जोखिम बढी देखिने गरेको उनको भनाइ छ ।

चिसो मौसममा शरीरको तापक्र घट्ने हुँदा ताप उत्पादनका लागि मुटुमा दबाब पर्छ र मुटु छिटो धड्कन थाल्छ, फलतः कमजोर मुटु छ भने हर्ट फेलियरको खतरा हुन्छ ।

जाडो मौसममा रगत जम्ने प्रक्रियामा वृद्धि हुँदा हृदयाघातको सम्भावना बढाउने गरेको मुटु रोग विशेषज्ञ  बताउँछन् ।

सामान्य काम गर्ने बित्तिकै थकान महसुस हुन्छ, भने मुटुमा कुनै न कुनै समस्या रहेको बुझनुपर्ने हुन्छ।  जाडो मौसममा उच्च रक्तचापको समस्या बढ्ने हुँदा हृदयघात बढाउने जोखिम पनि बढिरहेको हुँदा उच्चरक्तचापका बिरामीले आफ्नो स्वास्थ्य नियमित जाँच गर्नुपर्छ ।

हृदयघात हुने जोखिम धूमपान र सुर्तिजन्य पदार्थको सेवन, उच्चरक्तचाप, मधुमेह कोलस्ट्रोल बढी भएका मानिसमा हुने गरेको  छ ।

मोटोपन कम गर्ने, व्यायाम नियमित गर्ने, मानसिक तनाव हुन नदिने, जीवनशैलीमा सुधार ल्याउने र खानपानमा ध्यान दिन सके हृदयघातको जोखिमबाट बच्न सकिन्छ।

हामी घरभित्र न्यायो वातावरणमा बसेका हुन्छौं, तर तुरुन्तै घर बाहिर चिसो निस्कँदा मुटुमा बढी जोखिम हुन्छ, त्यस्तो जोखिम आउन नदिन शरीर ढाकिने न्यानो कपडा लगाएर निस्कन चिकित्सकहरूको सुझाव छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विकाशोन्मुख देशहरूमा हृदयघात भएर मृत्यु हुनेको संख्या ३५ प्रतिशतभन्दा बढी हुने अनुमान गरेको छ । ने

तपाईको प्रतिक्रिया