Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – सर्वसाधारणको हस्ताक्षर किर्ते गरेर बैंकबाट रकम चोर्ने गिरोहले डेढ दर्जन बैंकमा एक हजार तीन सयभन्दा बढी खाता खोलेको भेटिएको छ । बैंक/वित्तीय संस्थामा रहेका व्यक्तिका गोप्य विवरण र हस्ताक्षर चोर्ने समूहले काभ्रे, सिन्धुपाल्चोक, धादिङ, काठमाडौं, भक्तपुर, बागलुङ, पर्वतलगायत जिल्लाका सर्वसाधारणका नाममा शंकास्पद बैंक खाता खोलेको पाइएको हो ।

जनता बैंक (हाल ग्लोबल आईएमईमा मर्ज) को बानेश्वर र न्युरोड शाखाबाट अपरिचित व्यक्तिले गोपालमान राजबहाकका नामबाट १९ लाख ९९ हजार रुपैयाँ चोरेको घटनाको अनुसन्धान गर्ने क्रममा विभिन्न १९ वटा बैंक तथा वित्तीय संस्थामा शंकास्पद खाता खोलिएको पत्ता लागेको हो । त्यसमध्ये तीन सय ३० वटा खाताको पहिचान भइसकेको प्रहरीले बताएको छ । मंसिर ९ गते रकम चोर्ने समूहका मनीष घिमिरे, अञ्जन बराल, सुवास श्रेष्ठ, कुमार तामाङ, सुमन पौडेल र गोविन्द घिमिरे पक्राउ परिसकेका छन् । उनीहरूको साथबाट प्रहरीले दुई हजारभन्दा बढी व्यक्तिको नेपाली नागरिकताको फोटोकपी र सोही संख्यामा पासपोर्ट साइजका फोटो बरामद गरेको थियो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले रकम चोर्ने समूहमाथि अनुसन्धान गर्ने क्रममा उनीहरूले विभिन्न व्यक्तिका नाममा एक हजार तीन सयभन्दा बढी बैंक खाता खोलेको भेटिएको बताए । खातामा चोरीमा संलग्न आफैंले आफ्नो हस्ताक्षर गर्ने गरेको पनि पाइएको छ । सर्वसाधारणको खाताको हस्ताक्षर चोर्न तथा नयाँ खातामा आफूअनुकूल हस्ताक्षर गर्न ‘अभ्यास गरिएका’ तीन थान रजिस्टर बुक र बैंकमा भएका खाताको हस्ताक्षर पनि प्रहरीले जाँच गरेको थियो ।

‘चोरको समूहले शंकास्पद खाता खोल्ने प्रयोजनका लागि ०७४ बाटै विभिन्न व्यक्तिबाट नागरिकताका फोटोकपी संकलन गरेको अनुसन्धानबाट देखिएको छ ।
राजबहाकको खाताबाट रकम चोरिएपछिको अनुसन्धानमा प्रहरीले १९ वटा बैंकका दुई हजार व्यक्तिका नागरिकताका फोटोकपीसहित जनता बैंकका नकाटिएको १६ र काटिएका ५७ चेकबुक, ज्योति विकास बैंकको एक थान, एभरेस्ट बैंकका २३ थान, माछापुच्छ्रे बैंकका १९ थान, मुक्तिनाथका ४२ थान, एनआईसी एसियाका ६८ थान चेकबुक बरामद गरेको थियो । एनआईसीका ८२ र अन्य बैंकका सात थान एटीएम कार्ड पनि फेला पारेको थियो ।
तपाईको प्रतिक्रिया