Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – ग्लोबल हंगर इन्डेक्स सूचकांक अल्पपोषित जनसंख्या, बाल ख्याउटेपन, बाल पुड्कोपन र बालमृत्यु दरका आधारमा अध्ययन गरिएको विश्वव्यापी भोकमरी प्रतिवेदनमा नेपाल ७३ औं स्थानमा परेको छ ।

वेल्ट हंगर हिल्फे र कन्सर्न वर्ल्डवाइड नामका दुई संस्थाले संयुक्तरूपमा विश्वका १ सय १७ मुलुकमा गरिएको अध्ययन प्रतिवेदन अक्टोबर २०१९ मा जर्मनीमा सार्वजनिकीकरण गरिएको थियो । वेल्ट हंगर हिल्फे नेपालको साझेदारीमा जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड) द्वारा नेपाल प्रतिवेदन सार्वजनिकीकरण गरियो । उक्त कार्यक्रमको उदघाटन राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले गर्नुभएको थियो ।

प्रतिवेदनले विश्वका मुलुकको भोकमरीको अवस्थालाई न्यून भोक, मध्यम भोक, गम्भीर प्रकृतिको भोक, भयावह भोक र अति भयावह भोक गरी ५ तहमा वर्गीकरण गरेको छ ।
यस प्रतिवेदनअनुसार नेपाल गम्भीर प्रकृतिको भोकमा परेको छ । दक्षिण एसियाली मुलुकको तुलनामा नेपाल श्रीलंकाको भन्दा कमजोर तर बंगलादेश, पाकिस्तान, भारत र अफगानिस्तानभन्दा राम्रो रहेको जनाएको छ ।

छिमेकी मुलुक चीन २५ औं स्थानमा र भारत १ सय २ औं स्थानमा छन् भने भुटान र माल्दिभ्स यस अध्ययनमा समावेश भएका छैनन् । अध्ययन प्रतिवेदनमा समेटिएका मुलुकमध्ये अति भयावह भोकमा मध्ये अफ्रिकी गणतन्त्र सबैभन्दा पछि १ सय १७ स्थानमा परेको छ । यसैगरी चाड, माडागास्कर, यमन र जाम्बिया पनि यसवर्गमा परेका छन् । ***

तपाईको प्रतिक्रिया