Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

बागलुङ – अन्य जिल्लामा किबीखेतीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन भएको किबी भने जिल्ला बाहिर निर्यात हुन थालेको छ ।

बागलुङ जिल्लाको निसिखोला गाउँपालिकामा उत्पादन भएको किबी बुटवल, पोखरालगायतका स्थानमा निर्यात भइरहेको छ । विदेशमा समेत प्रशस्तरुपमा उत्पादन हुने किबी महंगो फलमध्येको पर्दछ ।

निसिखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्तीले पाँच वर्ष पहिले व्यावसायिक रुपमा गर्नुभएको किबीखेतीले अहिले उत्पादन दिन थालेपछि बजार पठाउन भ्याइनभ्याइ छ । घर्तीले यही याममा मात्र रु तीन लाख बराबरको किबी बजारमा बिक्री गरिसकेको बताउनुभयो ।

‘उत्पादन भए बजारीकरणको समस्या छैन,’ – राष्ट्रिय किसान समूह महासंघका जिल्ला अध्यक्षसमेत रहनुभएका घर्तीले भन्नुभयो, ‘बुटवल र पोखरा मात्रै ८०० केजी किबी पठाए ।’ उहाँले अहिले पनि गाउँघरमा पाकेको किबी बिक्री वितरण गरिरहेको बताउनुभयो ।

घर्तीको बारीमा अहिले १२ रोपनी क्षेत्रफलमा नयाँ तथा पुरानो गरी ९६ वटा किबीका बिरुवा छन् । एक बिरुवाबाट ७० केजीदेखि १२० केजीसम्म किबी उत्पादन हुने घर्तीको भनाइ छ । ‘अहिले चार रोपनी क्षेफलमा किबीखेती विस्तारमा लागिरहेको छु’ – उहाँले भन्नुभयो । एकै बिरुवाले उत्पादन धेरै दिने भएका कारण बलियो थाँक्रो आवश्यक पर्ने खत्रीको अनुभव छ ।
उत्पादन गर्न सके बजारको समस्या नभएको घर्तीको भनाइ छ । व्यवसायिक खेतीसँगै उत्पादन र बजारीकरणमा आफूले पनि विभिन्न ठाउँको बजार सम्भाव्यता अध्ययन गर्ने र समन्वय गर्ने हो भने किसान मर्कामा पर्नसक्ने जोखिम निकै कम भएको उहाँको अनुभव छ ।
घर्तीले व्यावसायिक रुपमा केरा र ओखरखेती थाल्नु भएको छ । किबीलाई बुटवल र पोखरामा प्रतिकेजी रु ५०० मा बिक्री गरेको उहाँ बताउनुहुन्छ । घरबाट भने रु ४५० मा बिक्री गरेको घर्तीको भनाइ छ ।

अझै एक लाख बराबरको किबी बिक्रीका लागि तयारी भइरहेको उहाँको भनाइ छ । किबीखेती विस्तारका लागि रु १८ लाख लगानी गरिसक्नुभएको छ । ***

तपाईको प्रतिक्रिया