काठमाडौँ – कालो छालालाई साधारणतया राम्रो मानिँदैन । बजारमा कालोपना हटाउनका लागि हज्जारौं उत्पादन छन् तर तपाईंमध्ये धेरैलाई कालो छालाले स्वास्थ्यलाई पुर्याउने फाइदाबारे थाहा छैन होला । कालो छालामा पिगमेन्ट मेलानिनको मात्रा धेरै हुन्छ जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।
हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउः
कालो छालामा मेलानिनको मात्रा अत्यधिक हुन्छ । यसले घामको हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउन सहयोग गर्दछ ।
छालाको क्यान्सरबाट जोगाउँछः
छालामा पाइने डार्क पिग्मेन्टेशनका कारण गोरो छालाको तुलनामा छालाको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
स्नायू प्रणालीको सुरक्षाः
कालो छालामा पाइने मेलानिन सेन्ट्रल नर्भस सिस्टमलाई हानी पुर्याउने खतरनाक प्यारासाइटबाट बचाउँछ ।
संक्रमणबाट जोगाउँछः
मेलानिन संक्रमण फैलाउने ब्याक्टेरियाबाट बचाउँछ । गोरो छालाको तुलनामा कालो छालामा कम संक्रमण हुन्छ ।
जवान देखिन्छः
कालो छालामा पाइने मेलानिनले छालालाई लामो समयसम्म चाउरी पर्नबाट जोगाउँछ जसका कारण लामो समयसम्म जवान देखिन सहयोग पुर्याउँछ ।
रोग प्रतिरोधी क्षमताः
मेलानिनका कारण शरिरको रोग प्रतिरोधी क्षमतामा वृद्धि हुने गर्दछ । रुघा–खोकीजस्ता रोगबाट बचाउँछ ।
गर्भावस्थामा फाइदाजनकः
मेलानिन महिलामा स्वस्थ अण्डाको उत्पादनमा मद्दत गर्दछ । गर्भावस्थासँग जोडिएका विभिन्न समस्याबाट पनि बचाउँछ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६
प्रकाशित समय: १२:२०:१८