Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – अहिलेसम्म गर्भनिरोधक चक्की र सुई महिलाका लागि मात्र बनेका थिए । महिलाहरुले एक पटक सुई लगाए तीन महिनासम्म गर्भ नबस्ने सुई प्रचलित छ ।
तर अहिले भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनाएका छन् । त्यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म बच्चा नहुने बताइएको छ ।

भारतीय वैज्ञानिकहरुले पहिलोपटक यस्तो सुई बनाएको दाबी गरेका छन् । यो सुई इण्डियन काउन्सिल अफ मेडिकल रिर्सचका वैज्ञानिकहरुले तयार पारेका हुन् ।

सुई आविष्कारमा संलग्न वैज्ञानिक डा. आर एस शर्माका अनुसार यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म काम गर्ने छ । उक्त सुईको प्रयोग भारतको पाँचवटा राज्यमा भइसकेको छ । दिल्ली, हिमाञ्चल, जम्मू, पञ्जाब र राजस्थानमा यसको परीक्षण गरिएको हो । ड्रग कन्ट्रोलर जनरल अफ इण्डियाले सुई पास गरेपछि सर्बसाधारणले पनि लगाउन पाउने छन् ।***

तपाईको प्रतिक्रिया