Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ –  शरीरलाई जगाउन चिसो पानी जति प्रभावकारी अरु केही हुँदैन । त्यसले हामीलाई ब्युँझाइ शरीरमा फुर्ती बढाउँछ र दिनभर सक्रिय अनि ऊर्जाशील राख्दछ । तर यसबाहेक चिसो पानीले स्नान अन्त्य गर्नुका अन्य स्वस्थकर फाइदा पनि रहेका छन् ।

यसैले पनि विश्वका अधिकांश कठोर सैन्य ट्रेनिङहरुमा अधिकतम समय चिसो पानीमा बिताउन लगाइन्छ जसका पछाडि वैज्ञानिक कारण रहेको छ । विशेषगरी प्रोफेसनल खेलाडीहरुले यो तरिका अपनाउने गर्छन् । उनीहरुले आफ्नो प्रत्येक ट्रेनिङपछि यही चिसो पानीको थेरापी प्रयोग गर्दछन् । तातो पानीबाट सुरु गरेपनि अन्त्यमा चिसो पानीले स्नान गर्नुले वास्तवमा शरीरमा सेलहरुको मर्मत दर बढाइदिन्छ ।

चिसो पानी शरीरमा पर्नुले हाम्रो छाला र मासुको सतह खुम्चिन थाल्छ जसले रक्तनलीहरुलाई पनि संंकुचित पारिदिन्छ । यसले शरीरका सबै ‘ल्याक्टिक एसिड’ बाहिर निकाल्न मद्दत गर्छ, जसलाई ‘भासोकन्सट्रिक्सन’ पनि भनिन्छ । यसका कारण हामी अर्को दिन राम्रो र चुस्त महसुस गर्दछौँ अनि खेलाडीहरु अर्को ट्रेनिङका लागि शारीरिक रुपमा तयार रहन्छन् । त्यसैले चिसो पानीको स्नानलाई धेरैले थेरापीका रुपमा प्रयोग गर्ने गरेका हुन् । विशेषगरी जाडो महिनामा चिसो पानीले नुहाउन कठिन भएपनि सो थोरपीले वास्तवमै हामीलाई स्वस्थ र ऊर्जाशील राख्‍न सक्छ । यसले हाम्रा जोर्नीहरुलाई स्वस्थ राख्नुका साथै शरीर भित्र इन्फ्लामेसनलाई कम गर्न पनि मद्दत गर्दछ ।

त्यस्तै शरीरमा चिसो पानी पर्नुले हाम्रो शरीरका ब्राउन फ्याट सक्रिय हुने हुँदा शरीरमा गर्मी पैदा हुन्छ । यसले तौल नियन्त्रणमा मद्दत पुर्‍याउन सक्ने यसअघिका अध्ययनहरुले देखाएका छन् । यसैगरी एक बेलायती अनुसन्धानले पनि चिसो पानीले नुहाउनुले हाम्रो पाचन प्रणालीको गति बढाइदिने र शरीरमा ह्वाइट ब्लड सेलको मात्रा पनि वृद्धि हुने हुँदा रोगहरुसँग लड्ने क्षमता वृद्धि हुने दाबी गरेको छ । साथै चिसो पानीले रक्तसंचारमा सुधार ल्याउने हुँदा मुटु स्वस्थकर रहन सक्ने पनि बताइएको छ ।

तपाईको प्रतिक्रिया