Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – घुरेको कसैलाई मन पर्दैन तर कतिपय अवस्थामा सो बानी हाम्रो स्वास्थ्यमा गम्भीर समस्या रहेको संकेत पनि हुन सक्छ । ‘स्लिप अप्निया’ अर्थात निद्रामा सास अवरुद्ध हुने समस्या सम्बन्धी विशेषज्ञ केथ होपले उनी र उनकी आमा यो रोगबाट गम्भीर रुपमा प्रभावित भएपछि पूर्वी योर्कसायरमा होप–टु–स्लिप नामक च्यारिटी स्थापित गरेकी हुन् । स्लिप अप्निया भनेको त्यस्तो अवस्था हो जसमा निद्राको समयमा हाम्रो घाँटीका मांसपेसीले पनि आराम गर्न थाल्छ जसकारण अस्थायी रुपमा हाम्रो स्वासप्रस्वास रोकिन्छ ।

यसरी केथले आफ्नो उपचार गराउँदै गर्दा मात्र आमामा पनि यही समस्या रहेको थाहा पाएकी थिइन् । तर त्यतिबेला धेरै ढिला भइसकेको थियो किनकि उनकी आमाको ४९ को उमेरमै ह्दयघातका कारण मृत्यु भएको थियो । त्यसैले अहिले उनी सुत्दाखेरी देखापर्ने यसका केही लक्षणहरुबारे सबैलाई सचेत गराइरहेकी छन् र उनका अनुसार सुत्दा घुर्ने बानी कहिल्यै राम्रो खबर होइन । बिरामीबाटै विशेषज्ञमा परिणत केथले अहिले सो समस्या भएका मानिसहरुको समर्थनमा पूर्ण समर्पित रहेको बताएकी छन् ।

बेलायतमा मात्र १५ लाख वयश्क र तीस मध्ये एक बालबालिकामा सो समस्या देखा पर्ने गरेको छ जसको प्रारम्भिक लक्षण घुर्न थाल्नु हो । तर ८५ प्रतिशतलाई सो अवस्थाबारे थाहा हुँदैन । ‘अप्निया’ को अर्थ ग्रिकमा ‘बिना सास’ हो । यस्तोमा सबैले कोही घुर्दै गर्दा बीचमा रोकिन्छ वा शान्त हुन्छ भने त्यसप्रति ध्यान दिनुपर्छ किनकी त्यहीबेला मान्छेको सास रोकिएको हुन सक्ने केथ बताउँछिन् । उनका अनुसार यो समस्या नहुँदा पनि घुर्नु स्वास्थ्यका लागि वास्तवमै राम्रो होइन । स्लिप अप्नियाबाट स्वास्थ्यमा पुग्न सक्ने जोखिमयुक्त असरहरु भनेको ह्दयघात वा मुटुमा समस्या, स्ट्रोक, उच्च रक्तचाप, मधुमेह, अनिद्रा, मोटोपना, चिन्ता र तनाव, हाइपोथाइरोडिजम अर्थात थाइरोइड ग्लान्डले पर्याप्त हर्मोन उत्पादन नगर्नु, कमजोर स्मरण शक्ति, सम्पूर्ण शरीर दुख्ने, डिमेन्टिया र अल्जेइमर, दम, पार्किन्सन्स, भिटमिन डी वा बी१२ को कमी, पेट गडबढ हुने लगायत अन्य थुप्रै गम्भीर समस्याहरु रहेका छन् । त्यसैले स्लिप अप्नियानको लक्षण देखा पर्नासाथै तुरुन्तै डाक्टरकहाँ जान सुझाव दिइन्छ ।

घुर्न कम गर्न सिधा नसुतेर बाङ्गो सुत्ने गर्न केथको सुझाव छ । त्यस्तै हाम्रो वातावरण वा हामी सुत्ने खाट, सिरानी पनि यसको कारक हुन सक्छ । त्यस्तै मदिरापानले पनि हाम्रो घुर्ने बानीलाई झन नराम्रो अवस्थामा पुराउन सक्छ । *** एजेन्सी

तपाईको प्रतिक्रिया