Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टाेकियाे – एशियाली विकास बैैंक (एडीबी) को अध्यक्षमा मासात्सुगु आसाकावा निर्वाचित भएका छन् । फिलिपिन्सको मनिलामा सम्पन्न एडीबीको गभर्नर्स बोर्ड बैठकले ६१ वर्षिय आसाकावालाई नयाँ अध्यक्षमा निर्वाचित गरेको हो ।

उनी हाल जापानी प्रधानमन्त्री तथा अर्थमन्त्रीका विशेष सल्लाहाकारको रुपमा काम गरिरहेका छन् । उनले एडीबीको १० औं अध्यक्षको रुपमा आगामी जनवरी १७ देखि कार्यभार सम्हाल्नेछन् । हालका अध्यक्ष ताकिहिको नकाओकोकीले १६ जनवरीमा एडीबीको अध्यक्ष पद छोड्नेछन् र आसाकावाले पदभार ग्रहण गर्नेछन् ।

आसाकावालाई अध्यक्षमा निर्वाचित गर्दै कोरियाका उपप्रधान तथा वित्तमन्त्री एवं एडीबी गभर्नर्स बोर्डका अध्यक्ष होङ नम-कीलेले उनको अन्तर्राष्ट्रिय वित्त र विकासका क्षेत्रमा भएका बृहत अनुभवले समृद्ध, समावेशी, एवं दीगो एशिया र प्रशान्तमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उनले भने, ‘आसाकावासंग काम गर्न एडीबीको बोर्ड गभर्नर्स उत्सुक छन् ।’

यसअघि आसाकावाले जापानको अर्थ मन्त्रालयलगायत उच्च सरकारी तहमा बसेर काम गरिसकेको एडीबीले जनाएको छ । ***

तपाईको प्रतिक्रिया