Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडाैं – पछिल्लो समय प्याजको मूल्य लगातार बढिरहेको छ । उपत्यकाको सबैभन्दा ठूलो बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज (मंगलबार) प्याजको मूल्य दुई सय ३० रुपैयाँ पुगेको छ ।

गत साउनदेखि नेपाली बजारमा प्याजको भाउ बढ्न थालेको हो । लगातार बढिरहेको प्याज असोजदेखि दोब्बरले बढेर सय रुपैयाँभन्दा माथि पुगेको थियो ।

कालिमाटी बजारमा सोमबारसम्म प्रतिकेजी खुद्रा प्याजको मूल्य अधिकतम दुई सय रहेकोमा मंगलबार ३० रुपैयाँले बढेर दुई सय तीस रुपैयाँ पुगेको हो । भारतले प्याज आयातमा रोक लगाएपछि नेपालमा प्याजको मूल्य आकाशिएको हो ।

तपाईको प्रतिक्रिया