Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपाल भ्रमण बर्षको संघारमा नेपालको अन्तर्राष्ट्रिय उडानमा अर्को विदेशी एयरलाइन्स थपिएको छ । मंसिर १ गतेदेखि कुवेतको जजिरा एयरवेजले काठमडौं उडान थालेको छ ।

कुवेत इन्टरनेसनल एयरपोर्टबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने यो एयरलाइन्सले हप्तामा ४ उडान गर्नेछ । एयरलाइन्सको नेपालका लागि जेनरल सेल्स एजेन्ट रहेको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रवीचन्द्र सिंहकाअनुसार जजिरा एयरवेजले हप्तामा ४ उडान गर्नेछ । अहिले विमानस्थल मर्मतको काम सकिएपछि सात उडान गर्ने सिंहले जानकारी दिएका छन् ।

यसअघि कुवेतबाट वातानीय एयरलाइन्सले उडान सुरू गरे पनि निरन्तरता दिन सकेको थिएन । नेपाली कामदार जाने कुवेतको यो उडानले पर्यटक पनि ल्याउने सिंहको दाबी छ । ‘यो हाइब्रिड बजेट एयरलाइन्स हो । यसले श्रम बजारसँगै पर्यटन बजारलाई पनि सेवा दिने छ,’ उनले भने । पछिल्लो समय कुवेतलगायतका देशबाट नेपालमा घुम्न आउनेहरूको संख्यामा बढोत्तरी भइरहेको र एयरलाइन्सको उडानले गर्दा बढ्ने उनको भनाई छ । नेपालको हवाई भाडा महँगो भएका कारण अझै आकर्षित गर्न गाह्रो भएको उनले बताएका छन् ।

नेपालमा हवाई इन्धनको मूल्य विश्व बजारको तुलनामा ३० प्रतिशतसम्म महँगो भएको र विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ चार्ज पनि धेरे हुँदा भाडा महँगो पर्न जाने उनी बताउँछन् । सिंहले जजिराको उडानले लण्डनको बजारलाइ पनि केन्द्रमा राखेको जानकारी दिए । उनका अनुसार यो रुटबाट लण्डन जान ११ घण्टा जतिको समय लाग्ने र यसबाट सस्तो र छिटो पुगिने भएकाले त्यहाँका यात्रु पनि आकर्षित गर्न सकिने छ ।

योसँगै काठमाडौंमा अन्तर्राष्ट्रिय उडान गर्ने विदेशी एयरलाइन्सको संख्या २५ पुगेको छ । नेपाली तीन एयरलाइन्सले विदेश उडान गरिरहेका छन् । हालसम्म नेपालको अन्तर्राष्ट्रिय हवाई बजारको व्यापारमा ९० प्रतिशत हिस्सा विदेशी एयरलाइन्सको छ ।

तपाईको प्रतिक्रिया