Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपालमै पहिलो पटक रेस्टुरेन्टहरुको बारेमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले ‘रेष्ट्रो मेनु एप (Restromenu App)’ सञ्चालनमा आएको छ । स्मार्ट अनलाइन सोलुसन प्रालिले निर्माण गरेको उक्त एपको एक कार्यक्रमका बीच होटल उद्यमी, लेखक तथा सामाजिक अभियान्ता कर्ण शाक्यले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै युवाहरुले प्रविधिको सहि सदुपयोग गर्दै गरेका यस्ता कार्यहरुको सबैले अनुसरण गनुपर्नेमा जोड दिदैं एपको पूर्ण सफलताको शुभकामना समेत गरे । देशमा यस्तै एपहरुको स्थापना भएमा देश गरिव नभएर धनी तर्फ उन्मुख हुने उनको भनाइ थियो । रेस्टुरेन्ट पारखीहरुले अब एउटा मोबाइल एपको प्रयोग मार्फत आफुले मनमा लागेको कुरा रोजेर खाना खान मिल्ने र एपमा कुन खानाको मुल्य कति भन्ने जानकारी लिन मिल्ने स्मार्ट अनलाईन सोलुसनका अध्यक्ष ध्रुब शर्माले जानकारी दिए ।

एपले रेस्टुरेन्ट संचालकको अब आफ्नो ब्यबसाय प्रबद्र्धन गर्ने उपयुक्त माध्यम बन्ने र रेस्टुरेन्ट, ग्राहक बिच पुलको काम गर्नुका साथै ब्यबसायलाई आधुनिक प्रविधि संग जोडी सरल र सहज बनाउने विश्वास लिईएको छ । जसले महत्वपूर्ण समय र पैसाको पनि बचत हुन्छ । बिदेशहरुमा व्यापक रूपमा चलेको प्रबिधि नेपालमा भित्राएपछि अब आफुले रोजेको र खोजेको खाना खान अब भोतारिदै हिड्नु पर्ने अवस्थाको अन्त्य हुने अध्यक्ष शर्माले बताए ।

हाल काठमाडौं लगायत नेपालका प्रमुख पर्यटकीय ठाउँ पोखरा, चितवन, लुम्बिनी र भैरहवा सहित नेपालका विभिन्न स्थानका करिब २ हजार रेस्टुरेन्ट यस एपमा आबद्ध भईसकेका छन् । ६ महिनामा करिब ५ हजार, १ बर्ष भित्रमा नेपाल अधिराज्यका करिब दश हजार रेस्टुरेन्ट यस एपमा जोड्ने र आगामी २ बर्ष भित्र अन्तर्राष्ट्रिय स्तरमा समेत जोड्ने योजना रहेको निर्माण पक्ष स्मार्ट अनलाईन सोलुसनले जनाएको छ ।

अहिलेको युग भनेको प्रविधिको युग हो सबैका हात हातमा स्मार्ट मोबाइल छन् हरेक किसिमबाट आधुनिक प्रबिधिको उपयोग बढी रहेको अवस्थामा यो एप हालको समयको माग रहेकाले पुर्ण सफल हुनेमा निर्माण पक्ष ढुक्क देखिन्छ ।

कार्यक्रममा सफल व्यबसायी तथा समाजसेवी खुमा अर्याल लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधि, होटल व्यबसायी, पर्यटन व्यबसायी र कलाकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्मार्ट अनलाइन सोलुसन प्रा.लि. का म्यानेजिङ डिरेक्टर सुरेश रेग्मी, म्यानेजर जगत नेपाल लगायतले एपका बिषयमा जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया