Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – माइक्रोसफ्टका सहसंस्थापक ६४ वर्षीय बिल गेट्स दुई वर्षपछि पुनः विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । सन् २०१७ को अक्टोबरमा गेट्सलाई पछि पारेका ५५ वर्षीय जेफ बेजोस शुक्रबार दोस्रो नम्बरमा खस्किएका हुन् ।
गेट्सको कूल सम्पत्ति ११० अर्ब डलर रहेको छ भने त्यहीँ बेजोसको कूल सम्पत्ति १०९ अर्ब डलर रहेको छ ।

माइक्रोसफ्टको शेयरमा पछिल्लो दिन आएको बढावले गेट्सलाई फाइदा पुगेको छ । अमेरिकी रक्षा विभागले २५ अक्टोबरमा माइक्रोसफ्टलाई १० अब अर्ब डलरको क्लाउड कम्युटिङको करार दिने घोषणा गरेको थियो । त्यसपछि माइक्रोसफ्टको शेयरमा ४ प्रतिशतले वृद्धि भएको थियो । यस दौरान अमेजनमा शेयरमा २ प्रतिशतले गिरावट आएको थियो । माइक्रोसफ्टको सेयरमा यो वर्ष ४८ प्रतिशतले वृद्धि भइसकेको छ ।
जेफ बेजोसले आफ्नो पूर्व पत्नी म्याकेन्जीसँग सम्बन्धविच्छेदको घोषणा जनवरीमा गरेका थिए । अप्रिलमा भएको सेटलमेन्ट अनुसार बेजोसले आफ्नो शेयरको २५ प्रतिशत म्याकेन्जीलाई दिए । म्याकेन्जीको शेयरको अहिले मूल्य ३५ अर्ब डलर रहेको छ । यो सेयर बेजोससँग भएको भए उनको कूल सम्पत्ति १४४ अर्ब डलरको हुन्थ्यो । र, अहिले पनि विश्वको धनी व्यक्ति हुन्थे ।

यता, गेट्सले पनि सन् १९९४ देखि परोपकारको काममा दान दिँदै आएका छन् । बिल एन्ड मिरान्डा गेट्स फाउन्डेसनबाट उनले परोपकारको काममा सहयोग गर्दै आएका छन् । उनले हालसम्म दान दिएको रकम जोड्ने हो भने गेट्सको सम्पत्ति १४५ अर्ब डलर हुने बताइएको छ ।

विश्वका शीर्ष ५ धनी व्यक्ति 

१. बिल गेट्स, माइक्रोसफ्ट (अमेरिका) – ११० अर्ब डलर
२. जेफ बेजोस, अमेजन (अमेरिका) – १०९ अर्ब डलर
३. बर्नाड अरनाल्ट, एलवीएमएच (फ्रान्स) – १०३ अर्ब डलर
४. वारेन बफे, वर्कशायर हैथवे (अमेरिका) – ८६.६ अर्ब डलर
५. मार्क जकरवर्ग, फेसबुक (अमेरिका) – ७४.५ अर्ब डलर
स्रोत : नेटवर्थ ब्लूमबर्ग बिलेनियर इन्डेक्स***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया