Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा सीले तीन वर्षभित्र ५६ अर्ब सहयोग रकम उपलब्ध गराउने घोषणा गरे ।

राष्ट्रपति भवन शितल निवासमा भएको भेटलाई सम्वोधन गर्दै राष्ट्रपति सीले विमानस्थलमा आफुलाई गरिएको स्वागतको खुलेर प्रशंसा गरे । आफु र चीनलाई विमानस्थलमा गरिएको स्वागतको खुलेर प्रसंशा गर्दै सास्कृतिक कार्यक्रमबाट आफु प्रभावित भएको बताए ।

‘आफुलाई गरिएको स्वागतबाट चिनियाँ जनताप्रति नेपाली जनताले देखाएको लगावको अनुमान गर्न सकिन्छ’, उनले भने । नेपालले समृद्ध नेपाल सुखी नेपालीको नारालाई वर्तमान नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले पुरा गर्ने विश्वास लिएको बताउदै नेपालको सो पहलमा सहयोग गर्न चीन तयार रहेको उल्लेख गरे ।

मन्त्रीहरुसमेत सहभागी रहेको द्विपक्षीय छलफलमा उहाले सन् २०२० देखि २०२२ सम्मको अवधिमा नेपाललाई करिव ५६ अर्ब बराबरको आर्थिक सहयोग गर्ने पनि घोषणा गरे । नेपालले एक चीन नीति प्रति देखाएको अडान प्रसंशा योग्य रहेको राष्ट्रपति सीले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको चीनसँग भएका सम्झौता तथा समझदारीबाट नेपालले तेस्रो मुलुकसम्म सरल पहुँच प्राप्त गर्नसक्ने थप आधार विकास भएको बताइन् ।

तपाईको प्रतिक्रिया