Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं — क्यान्सर एक खतरनाक रोग हो । शुरूको चरणमा पत्ता लाग्यो भने त क्यान्सर निको हुन सक्छ तर धेरै ढिला गरी थाहा पाइयो भने क्यान्सरले ज्यान लिएरै छाड्छ । हिजोआजको प्रदूषित वातावरणमा क्यान्सरजन्य खानेकुराको मात्रा बढ्दो छ । त्यसैले के खाँदा क्यान्सर हुन्छ भन्ने जानिराख्नुमा बुद्धिमत्ता हुन्छ :

पोलेको रातो मासु
पोलेको खानेकुरा खान मीठो त हुन्छ तर मासु पोल्दा त्यसमा क्यान्सर जन्माउने पदार्थ हेटेरोसाइक्लिक अरोम्याटिक अमिन्स निस्कन्छन् । मजाले रातो मासु पोल्नुभयो भने यसले मासुमा रासायनिक तथा आणविक परिवर्तन ल्याउँछ अनि क्यान्सर जन्माउँछ ।

माइक्रोवेभ पपकर्न
माइक्रोवेभमा फूल पारेको मकै खाँदा फोक्सोको क्यान्सर हुनसक्ने प्रमाण भेटिएका छन् । सिनेमा हल र मलहरूमा बेचिने पपकर्नमा प्रयोग भएको कृत्रिम बटरमा डायासेटिल हुन्छ जुन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक छ । तपाईं मकै किनेर बरू आफैंले हाँडीमा भुटेर खानुस् । थुप्रो पैसा तिरेर रोगी पपकर्न किन खानुहुन्छ ?

बट्टाबन्द खानेकुरा
बट्टामा थुनेर राखिएका खानेकुरा हानिकारक हुन्छन् । धेरैजसो बट्टाहरूमा बाइस्फेनोल—ए नामक वस्तुको प्रयोग गरिएको हुन्छ । यो पदार्थले मुसाको दिमागका कोषिका परिवर्तन गरेको पाइयो । प्लास्टिकका धेरैजसो सामान र कतिपय टुथपेस्टमा पनि यो पदार्थ प्रयोग गरिएको पाइयो । यस्तो बट्टाबन्द खानेकुरा खानुभन्दा केही पनि नमिसाइएको ताजा तरकारी खानुस् ।

चिनी
रिफाइन गरिएको चिनी क्यान्सर पैदा गर्ने सबभन्दा ठूलो कारण हो । यस्तो चिनी र यसबाट बनेको खानेकुरा खाँदा शरीरको इन्सुलिनको मात्रा बढ्छ अनि क्यान्सर कोषिकाहरू पनि बढ्छन् । यस्तो चिनी खानुभन्दा त सक्खर, मिश्री वा मह खानु ठीक हुन्छ ।

कोल्ड ड्रिंक्स
कोल्ड डिं«क्समा पोषणको मात्रा शून्य हुन्छ र क्यान्सर लगाउने तत्व धेरै हुन्छ । यस्तो पदार्थले तपाईंले अन्य खानेकुराबाट प्राप्त पोषणलाई समेत सोस्छ । तैपनि किन मान्छेहरू हत्ते गरेर कोल्ड ड्रिंक पिउँछन् कुन्नि ? डायट लेखिएका कोल्ड ड्रिंक्समा त झन् अस्पार्टेम भन्ने पदार्थ हुन्छ जुन मुसा मार्ने विष जत्तिकै खतरनाक हो ।

मैदा
मैदाको पुरी मीठो लाग्छ धेरैजनालाई तर यो खतरनाक पदार्थ हो । पीठोलाई रिफाइन गर्दा सबै पोषक तत्व हराएर जान्छन् । त्यसपछि पनि यसलाई क्लोरिन ग्यासले ब्लिच गराइन्छ किनकि यसो गर्दा बढी सेतो देखिन्छ र ग्राहकलाई आकर्षित गर्न सकिन्छ । मैदामा ग्लाइसेमिक इन्डेक्स उच्च हुन्छ जसले इन्सुलिन स्तर बढाउँछ अनि शून्य पोषण दिन्छ । चिनीको मात्रा बढाइदिएर शरीरलाई क्यान्सरतर्फ धकेल्ने काम यसले गर्छ ।

खाने तेल
खाने तेल निकाल्नलाई रसायनको प्रयोग गरिन्छ अनि गन्ध र स्वादका लागि अझै बढी रसायन थपिन्छ । त्यसमा बोसो पनि मिसाइएको हुन्छ जसले हाम्रो कोषिकाको मेम्ब्रेनको संरचनालाई परिवर्तन गरिदिन्छ ।

तपाईको प्रतिक्रिया