Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडाैं – वर्ल्ड इकनोमिक फोरमले प्रत्येक वर्ष निकाल्ने ‘वल्ड कम्पिटेटिभनेस इन्डेक्स’ मा सिंगापुरले विश्वकै ठूलो अर्थतन्त्र सयुक्त राज्य अमेरिकालाई उछिनेर एक नम्बरमा पुगेको छ ।

विश्वभरका १४१ देशमामध्ये सिंगापुर १ नम्बरमा पुगेको छ भने अमेरिका २ नम्बरमा झरेको छ । फोरमले १२ पिल्लरका ९८ सुचकको आधारमा प्रतिस्पर्धी सुचक निकालेको हो । जसमा संस्थागत शुसासन, पूर्वाधार, प्रविधि आत्मसात, माइक्रो इकनोमिक्स स्थायीत्व, स्वास्थ्य, सिप, वस्तु बजार, श्रम बजार, वित्तीय प्रणाली, बजारको आकार, व्यापारीक विविधता, अन्वेषण सक्षमता जस्ता पिल्लर रहेका छन् ।

फोरमको प्रतिवेदनले अमेरिका चीनबीच भएको व्यापार युद्धका कारण सिंगापुर र भियतनामले लाभ उठाएका छन् । उक्त सूचकमा भियतनामले चमत्कारिक सुधार गरेको छ । कर बृद्धि भएपछि चीनबाट धमाधम कम्पनीहरु भियतनाम तथा अन्य एसियन देशमा सर्न थालेपछि सबैभन्दा बढी लाभ भियतनामले लिएको छ ।

फोरमको उक्त सूचकांकमा १ देखि १० सम्मको सूचीमा क्रमश: सिंगापुर, सयुक्त राज्य अमेरिका, हङकङ, नेदरल्यान्ड, स्वीट्जरल्यान्ड, जापान, जर्मनी, स्वीडेन, सयुक्त अधिराज्य बेलायत र डेनमार्क रहेका छन् । यो सूचीमा अघिल्लो वर्षको भन्दा एक स्थान सुधार गर्दै नेपाल १०८ औं नम्बरमा रहेको छ । दक्षिण एसियामा नेपालभन्दा मुनी पाकिस्तानमात्र रहेको छ ।

तपाईको प्रतिक्रिया