Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडाैं – सामान्यतया कुनैपनि कार्यालयका कामको चाप हुनुलाई सामान्य नै मानिन्छ । तर कामको चाप भन्दा पनि तनाव बढी छ भने चाहीँ बिचार गर्नुहोस् है । दिनहुँको तनाव तपाईंका लागि खतरनाक बन्न सक्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मनोविज्ञान र स्वास्थ्यसम्बन्धि अमेरिकामा केही महिलामा गरिएको अध्ययन अध्ययन अनुसार कामबाट बिदा लिएर छुट्टी मनाउनेहरुमा मेटाबोलिक सिन्ड्रोम र मेटाबोलिक लक्षणको जोखिम कम भेटिएको छ । तर जो दैनिक कामको तनावमा पर्छन उनीहरुमा मोनोबोलिक सिन्ड्रोमको लक्षण बढी भेटिएको छ ।

मोनेबोलिक सिन्ड्रोम मुटुका विरामीका लागि जोखिमको कारकको एक संग्रह हो । यदि तपाईमा यो बढी छ भने मुटुरोग लाग्ने खतरा बढी हुन्छ । अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘जो मानिस नियमित बिदा बसेर कामको तनाव कम गर्छ, त्यसमा हृदयघातको पनि कम सम्भावना हुन्छ । किनकि मेटाबोलिक सम्बन्धि लक्षण परिवर्तनीय छन्, अर्थात परिवर्तन गर्न या नियन्त्रण गर्न सकिन्छ ।’

त्यसैले विचार यो कुरा मनन गर्नुहोस् र आफ्नो दौडधुपपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्टी लिनुहोस् अनि तनाव कम गर्नुहोस् । अफिसबाट लिइने यस्ता छुट्टीले तपाईलाई तनावबाट मुक्तिमात्रै होइन, यसबाट मुटुको विमारी हुने खतरा पनि निकै कम हुन्छ । कामबाट लिइएको छुट्टी मेटाबलिक सम्बन्धी लक्षण कम गर्न सहयोगी हुने र यसबाट मुटुको रोग लाग्ने खतरा समेत कम हुन्छ ।

तपाईको प्रतिक्रिया