Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – हिमालय एयरलाइन्सले नयाँ लगानीकर्ता भित्र्याएको छ । निजी क्षेत्रबाट लगानी गरेर अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमायलले चीनकै नयाँ लगानीकर्ता भित्र्याएको हो ।

हालसम्म ४९ प्रतिशत सेयर तिव्बत एयरलाइन्सको नाममा रहेको सेयर तिव्बतकै तिब्बत सिभिल एभियसन डभेलप्मेन्ट एन्ड इन्भेस्टमेन्टलाई हस्तान्तरण गरेर नयाँ लगानीकर्ता ल्याइएको हो । हिमायल एयरलाइन्सले आइतबार पत्रकार सम्मेलन गरेर तिब्बत एयरलाइन्सको ठाउँमा नयाँ लगानीकर्ता ल्याएको जानकारी दिएको छ । सेयर हस्तान्तरणको सम्पूर्ण काम चीनमा सम्पन्न भइसकेको छ भने नेपालतर्फ भने कागजी प्रक्रिया चलिरहेको एयरलाइन्सले जनाएको छ । सेयरधनी परिवर्तन भएसँगै कम्पनीले आफ्नो लोगो पनि परिवर्तन गरेको छ ।

कम्पनीको ५१ प्रतिशत शेयर भने नेपालको यती वल्ड कम्पनीको नाममा रहेको छ । जसका लगानीकर्ता सोनाम शेर्पा हुन् । यती र तारा एयर सञ्चालन गरिरहेका शेर्पा समूहले सन् २०१४ देखि हिमालय एयरलाइन्स स्थापना गरेर अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । हिमालय एयरलाईन्सले कात्तिक १० (अक्टोबर २७) बाट चीनको बेजिङमा हवाई सेवा सुरू गर्ने भएको छ । सोहि मितिबाट पहिला बन्द भएको मलेसियमा हवाई सेवा पनि पुनः संचालन गर्ने एयरलाइन्सले जानकारी दिएको छ ।

एयरलाइन्सले जहाज थप गरी चीनको बेइजिङ, नाङचाङ, चोङकिङ, चाङ्सा, गुइयाङलगायतका शहरमा पनि उडान विस्तार गर्ने जनाएको छ । अहिले काठमाडौंबाट युएईको दुबई र आबुधावी, साउदीको दमाम, कतारको दोहा, बंगलादेशको ढाकामा उडान गरिरहेको छ । हिमालयसँग अहिले एयरबस ३२०–२१४ सिरिजका तीन वटा न्यारोबडी जहाज छन् ।

तपाईको प्रतिक्रिया