Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडाैं – चाडपर्वलाई लक्षित गरी नयाँ नोट साट्ने काम आज बाट सुरू भएको छ । नेपाल राष्ट्र बैंकले दशैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वलाई लक्षित गरी नयाँ नोट सटही सुरु गरेको हो ।

राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट साट्ने व्यवस्था गरेको हो । शुक्रबारदेखि सुरु भएको नयाँ नोट उपलब्ध गराउने कार्यक्रम १७ गतेसम्म जारी रहने राष्ट्र बैंक जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना नै जारी गरेर सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका नोट प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट लिन सक्ने जानाकारी गराएको हो ।

सर्बसाधारणले आफूलाई पाएक पर्ने राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल बैंकका सबै शाखाबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुरमा रहेका नेपाल बैंकका शाखाबाट नयाँ नोट साट्न सकिने छ ।

काठमाडौं उपत्यकाभित्र नै राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार, सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखामा रहेका राष्ट्रिय वाणिज्य बैंकका शाखाबाट नयाँ नोट सटही गर्न सकिने छ । कृषि विकास बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गर्न सकिने विभागले जनाएको छ । विभागका अनुसार गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोकमा रहेका कृषि विकास बैंकका शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गर्न सकिने छ ।

राष्ट्र बैंकले काठमाडौं उपत्यका बाहिर पनि विभिन्न स्थानबाट नयाँ नोट साट्न सकिने व्यवस्था मिलाएको छ । उपत्यका बाहिर विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा रहेका राष्ट्र बैंकका कार्यालयबाट नयाँ नोट साट्न सकिने छ ।

तपाईको प्रतिक्रिया