Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – फलफुल स्वस्थ्यको लागि निकै लाभदायी मानिन्छ । विभिन्न फलफुलको सेवनले स्वस्थ्यलाई विभिन्न लाभ पु-याईरहेको हुन्छ । अनार पनि स्वास्थ्यको दृष्टिले निकै फाइदाजनक फलफुल अन्तर्गत पर्दछ । अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ ।

अनारमा फाइबर, भिटामिन ए, भिटामिन सि, भिटामिन के, फोलिक एसिड र एन्टिअक्सिडेन्ट भरपुर हुन्छ । अनार स्वास्थ्यका लागि मात्र नभई सौन्दर्यका लागि पनि उतिकै फाइदाजनक छ । अनारको नियमित सेवनले मानिसमा यौन क्षमतामा वृद्धि हुने, स्मरण शक्ति बढाउने, हड्डी मजबुत बनाउने तथा सरीरको दुखाई कम गर्ने बताइन्छ ।

तर केहि यस्ता बिरामी पनि हुन्छन् जसले अनार खानु उपयोगी हुन्न । तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन । स्वास्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ । कुनैपनि किसिमको एलर्जी छ भने अनारको सेवनले त्यो एलर्जी थप बढाउँछ ।

१, तौल घटाउन चाहने व्यक्ति : तौल घटाउन चाहने व्यक्तिले अनार नखानु राम्रो मानिन्छ । किनभने अनार खादा तौल घट्नुको साटो उल्टो बढ्न थाल्छ ।

२, प्रेसर लो हुने व्यक्ति : अनारमा पाइने एंटीऑक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुदैन ।

३, मधुमेह रोगी : अनार खानाले सुगरको मात्रा बढ्ने हुदा मधुमेह रोगीले अनार खानु हुदैन ।

४, कलेजोमा समस्या भएका व्यक्ति : अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले अनार खानु हुदैन ।

५, कब्जियत : अनारमा फाईबर्सको मात्रा अधिक हुने हुदा कब्जियत र पेटमा ग्यास बढाउछ । त्यसैले अनार खानु हुदैन ।

६, औषधि लिइरहेको व्यक्ति : यदि तपाई बल्ड प्रेसर वा कोलेस्ट्रोल कम गर्ने औषधि लिनु हुन्छ भने अनार खानु हुदैन । अनार खादा औषधिले काम गर्दैन ।

७, दम रोगी : दम रोगीले अनार खादा दम झन् बढ्ने हुदा दम रोगीले अनार खानु हुदैन । एजेन्सी

तपाईको प्रतिक्रिया