Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मातहतका विभिन्न निकाय, एयरलाइन्स, सरकारी कार्यालय, फर्म एवं व्यक्तिलाई बक्यौता रकम बुझाउन आग्रह गरेको छ । सरोकार भएका ती निकायले विभिन्न शीर्षकमा रकम भुक्तानी गर्न बाँकी रहेको देखिएको भन्दै प्राधिकरणले आज सूचना प्रकासित गरर ३० दिनभित्र उक्त रकम र नियमानुसार विलम्ब शुल्कसमेत बुझाउन आग्रह गरेको हो ।

प्राधिकरणलाई बक्यौता रकम बुझाउनुपर्ने १ सय ९५ कम्पनी, सरकारी कार्यालय, फर्म तथा  व्यक्ति रहेका छन् । लामो समयदेखिको बक्यौता बुझाउन र विलम्ब शुल्क लाग्ने भए सोसमेत बुझाई आफ्नो हरहिसाब फरफारक गर्नु सूचनामा भनिएको छ । तोकिएको मितिभित्रमा पनि उक्त रकम प्राप्त नभएमा प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली २०६७ तथा अन्य प्रचलित ऐन, कानूनअनुसार रकम असुल गर्नेतर्फ आवश्यक कारवाही अगाडि बढाउने चेतावनी दिएको छ ।

प्राधिकरणलाई बढी बक्यौता बुझाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय, नेपाल एयरलाइन्स तथा निजी क्षेत्रका एयरलाइन्स कम्पनीहरु रहेका छन् । यही असोज २ गते प्राधिकरणको बजेट सार्वजनिक कार्यक्रममा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बक्यौता बुझाउन अटेर गर्ने कम्पनीलाई सार्वजनिक सूचना निकालेर ताकेता गरिने बताएका थिए । प्राधिकरणले विभिन्न वायु सेवा प्रदायक कम्पनी, सरकारी निकाय तथा व्यक्तिबाट पुरानो र नयाँ गरी करीब दुई अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ ।

गत असार मसान्तसम्म दुई अर्ब रपैयाँ बक्यौता उठाउनुपर्ने दायित्व भएको उल्लेख गरेको छ । बक्यौतामध्ये सबैभन्दा बढी भन्सार विभागको ५४ करोड रुपैयाँ, एयर एशियाको २२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, युनिभर्सल सप्लाई एजेन्सीको आठ करोड ७२ लाख, रसुवा केडीजेभीको पाँच करोड ६२ लाख, नेकोन एयरको चार करोड ७२ लाख, ग्रिनलाइन इन्टरनेशनलको एक करोड ७८ लाख, किङ फिसर एयरलाईन्सको एक करोड १५ लाख रुपैयाँ लगायत रहेको छ ।

तपाईको प्रतिक्रिया