Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – सन् २०१९ को दोस्रो त्रैमासमा जापानको अर्थतन्त्र यसअघि गरिएको आकलनभन्दा कमजोर देखिएको छ । जापानको मन्त्रिपरिषद्को कार्यालयले दिएको परिमार्जित तथ्यांकअनुसार सो अवधिमा जापानको अर्थतन्त्र १ दशमलव २ प्रतिशतले बढेको हो । यसअघि १ दशलमव ८ प्रतिशतको आर्थिक वृद्धिको प्रारम्भिक अनुमान गरिएको थियो ।

जापानको आर्थिक वृद्धि अनुमानभन्दा कमजोर देखिएसँगै जापानको केन्द्रीय बैंकलाई थप आर्थिक सहुलियत कार्यक्रम (स्टिमुलस)को लागि दबाब बढेको छ । विश्व अर्थतन्त्र कमजोर बन्नु र व्यापारिक संरक्षणवादले पनि बैंक अफ जापान (बीओजे)लाई स्टिमुलस कार्यक्रम अघि सार्न दबाब बढाएको हो । टोटन रिसर्चका प्रमुख अर्थविद् इजुरु काटोले वर्षको अन्तिम त्रैमासमा जापानको अर्थतन्त्र खुम्चिनसक्ने बताएका छन् । उनले यस किसिमको अवस्था आए बीओजेले ब्याजदर घटाएर नकारात्मक विन्दुमा पु¥याउनसक्ने बताए । दोस्रो त्रैमासमा जापानको निजी खपत शून्य दशमलव ६ प्रतिशतले बढेको छ । निजी खपतले जापानी अर्थतन्त्रमा ६० प्रतिशतको हिस्सा ओगटेको छ ।

तपाईको प्रतिक्रिया