Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँको सबैभन्दा रमाइलो चाड येँयाः (इन्द्रजात्रा) आज मंगलबारदेखि सुरु हुन्छ। मंगलबार बिहान ९ बजेर १७ मिनेटको साइतमा हनुमानढोकाको कालभैरव मूर्ति अगाडि यःसिं (लिङ्गो) ठड्याएपछि इन्द्रजात्रा औपचारिक रुपमा सुरु हुन्छ।

आउने भदौ ३१ गते मंगलबार राति यो ढालेपछि इन्द्रजात्रा सकिन्छ। यो बीचका सात दिन साँझदेखि राति काठमाडौँको मुख्य भाग यति रमाइलो हुन्छ कि बयान गरी साध्य छैन। विभिन्न नाच (महाकाली, ख्याक, लाखे, पुलुकिसि आदि), रथयात्रा र जताततै उल्लासमय वातावरण, हँसिला मान्छे- यही हो इन्द्रजात्राको विशेषता।

इन्द्रजात्राको प्रचलन लिच्छविकालदेखि नै भएको मानिन्छ। इन्द्रजात्रा कै क्रममा गोर्खाका राजा पृथ्वीनारायण शाहले काठमाडौंमा आक्रमण गरी जितेपछि यहाँका मानिसहरुले मनाउने इन्द्रजात्रामा आफूहरुको पनि छाप छोड्नका लागि हो कि शायद, उनका छोरा प्रतापसिंह शाहले यो यःसिँ ठड्याउने चलन सुरु गर्न लगाएको! जानकारहरु त्यही भन्छन्।

तपाईको प्रतिक्रिया