Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – एनएमबी बैंकले जापानको दाइ–इची कङ्ग्यो क्रेडिट कोअपरेटिभ “डीकेसी” (第一勧業信用組合) सँग रोजगारी तथा कर्जा उपलब्ध गराउन सहमतिपत्रमा हस्ताक्षर गरेको छ । बैंकले उक्त सहमति जापान र नेपालमा रहने नेपाली समुदायको बैंकिङ आवश्यकतालाई सहजीकरण गर्ने उद्देश्यले गरेको बताएको छ । सम्झौतापछि केडीसीले एनएमबीको सिफारिशमा नेपाली नागरिकलाई जापानमा रोजगारी तथा कर्जा उपलब्ध गराउने बताइएको छ ।

उक्त सहमतिले बैंकको परामर्शमा जापानमा रोजगारी र ऋण लिन सहज हुनुका साथ जापानमा रहेका गैरआवासीय नेपालीहरूलाई विदेशी खाता तथा जापानबाट नेपालमा रेमिट््यान्स प्रवाहमा सहज हुने उल्लेख छ ।

ग्लोबल एलाइन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) को भारतको कोचीमा सम्पन्न तेस्रो एशिया प्यासिफिक च्याप्टरको बैठकका क्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र डीकेसीका प्रमुख निर्देशक (चिफ डाइरेक्टर) मोबुयुकी नित्ताले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

एनएमबी बैंक र डीकेसी दुवै जीएबीभीका सदस्य छन् । एनएमबी नेपालमा जीएबीभीको एकमात्र सदस्य हो भने डीकेसी जापानमा आफ्ना सहकारीका सदस्यहरू बसोबास गरिरहेका क्षेत्रहरूमा दिगो विकास र जीवनस्तरमा सुधार गर्ने उद्देश्य राखेर सन् १९२१ मा स्थापना भएको संस्था हो ।

तपाईको प्रतिक्रिया