Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउण्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले फाउण्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि उक्त सहयोग गरेको बताएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई एक कार्यक्रमको आयोजना गरी उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् । हाल यस बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिट सञ्चालनमा छ भने चाडपर्वलाई लक्षित गरी यही भदौ १ गतेदेखि आगामी कात्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्समा ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुशीको वहार’ नामक ग्राहकमुखी योजनासमेत सञ्चालन गरिएको छ ।

बैंकले देशभर रहेका शाखाहरूमार्फत निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बंैकिङ, भिसा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवालगायतका सेवाहरू दिइरहेको छ । बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा आकर्षक सुविधा र व्याजदरमा आवास तथा शेयर कर्जा पनि सञ्चालनमा ल्याएको छ ।

तपाईको प्रतिक्रिया