Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – यूरोपियन युनियनमा आवद्ध तीनवटा देशले नेपाललाई करीब ११ अर्ब ४० करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

बुधबार अर्थ मन्त्रालयमा युरोपियन युनियनमा आवद्ध मुलुक स्विजरल्याण्ड, नर्वे र बेलायतका राजदुतहरुले नेपालको प्रदेश र स्थानीय तहको क्षमता बढाउने तथा सार्वजनिक सेवामा सुधार ल्याउने उद्देश्यका साथ सो अनुदान सहायता उपलब्ध गराउने सम्झदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालका लागि स्विजरल्याण्डका राजदुत एलिजावेथ भोन क्याप्लर, नेपालका लागि नर्वेका राजदुत लास्से जोहाननेशेन र बेलायतका अन्तराष्ट्रिय नियोग (डिएफआईडी)का सचिव माथेऊ जोनले अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालसँग छुट्टाछुट्टै सम्झदारी पत्रमा सो रकम नेपालको प्रदेश र स्थानीय तहको क्षमता बढाउन र सार्वजनिक सेवामा सुधार ल्याउने कार्यक्रममा खर्च हुने भनिएको छ ।

सहसचिव नेपालले सो रकम चालू आर्थिक वर्षदेखि ४ वर्ष भित्र नेपाललाई उपलब्ध गराई सक्ने पनि समझदारीमा उल्लेख गरिएको बताए । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा भएको सो समझदारी पत्रमा नेपालको दीगो विकास तथा तीनवटै तहमा देखिएको असमझदारी हटाउन पनि सो अनुदान सहायताले सघाउ पुर्‍याउने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया