Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – कतिपय खानेकुराहरु एकैसाथ खानहुँदैन । त्यसैमध्येको एक हो माछा र दूध । माछा खाएपछि दूध पिउनुहुँदैन भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा छ ।

तर यस्तो किन भनिएको हो, त्यसबारे धेरैलाई थाहा नहोला । के वास्तवमा नै यस्तो गर्न नुहने हो वा यो अफवाहमात्र हो । यदि तपाईं पनि यसबारे द्वीधामा हुनुहुन्छ भने यहाँ यसबारे जानकारी दिइएको छ ।

आयुर्वेदमा माछा खाएपछि दूध पिउनु र दूध पिएपछि माछाको सेवन गर्नु दुबै स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिन्छ । यदि तपाईं पनि माछा खाएपछि दूध पिउनुहुन्छ भने तपाईंलाई ल्यूकोडर्मा हुनसक्छ । यो एउटा छाला रोग हो जसमा साना सेता दाग देखिन्छन् जुन समयसँगै बढ्दै जान्छ । आयुर्वेदमा दूधसँग अन्य केही खानेकुरा पनि नखान सल्लाह दिइएको छ ।

– दुधसँगै दहीको सेवन नगर्ने गर्न सुझाइन्छ । यी दुई एकैपटक खाँदा छाला रोग निम्तिने गर्छ ।

– कटहर खाएपछि र खानुअघि दुध पिउनुहुन्न किनभने दुध र कटहर मिलेर रियाक्सन गर्नसक्छ जसका कारण तपाईंलाई विभिन्न प्रकारको           छाला रोग लाग्नसक्छ ।

– दूधसँग तिल पनि खानुहुँदैन ।

– दूधसँग अमिलो खानेकुरा नखाने

– नुन र नुनयुक्त कुनै पनि खानेकुरा दुधसँग कहिले खानुहुँदैन ।

तपाईको प्रतिक्रिया