Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – काठमाडौं महानगरपालिकाले ‘जीवित देवी कुमारी’को भत्ता बढाएर मासिक पचास हजार रूपैयाँ पुर्याएको छ । महानगर प्रवक्ता ईश्वरमान डंगोलका अनुसार महानगरपालिकाले यही आर्थिक वर्षबाट कुमारीलाई मासिक ५० हजारका दरले भत्ता दिइने निर्णय गरेको हो ।

कुमारीका साथै पूर्वकुमारीलाई पनि मासिक १५ हजारका दरले भत्ता वितरण गरिने भएको छ । साथै पूर्व गेणेश र भूर्व भैरवको पनि भत्ता बढाएर १२ हजार प्रतिमहिना पुर्याएको प्रवक्ता डंगोलले सेतोपाटीलाई जानकारी दिए । कुमारी लगायत सबैको भत्ता वार्षिक रूपमा वितरण गरिने पनि उनले बताए । यो हिसाबले कुमारीले वर्षको छ लाख रूपैयाँ भत्ता पाउनेछिन् ।

तपाईको प्रतिक्रिया