Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – लगातार बढिरहेको सुन शुक्रबार एकै दिन प्रतितोलामा एक हजार रुपैयाँ घटेको छ । बिहीबार ७३ हजार चार सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य शुक्रबार ७२ हजार चार सय रुपैयाँमा झरेको हो ।

गत सोमबार इतिहासकै धेरै ७३ हजार पाँच सय रुपैयाँ पुगेको थियो । सुनको मूल्यमा लगातार उतार चढाव आइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक हजार  रुपैयाँले घटेको हो । सुनको मूल्य अत्याधिक बढेसँगै तीजमा पनि सुनको कारोबार हुन सकेको छैन ।

महासंघका अनुसार आज सुनको मूल्य केही घटेपनि बृद्धिदर अझै बढ्दै जाने बताएको छ । महासंघको तथ्यांकअनुसार दैनिक २५ देखि ३० किलोसम्म सुनको बिक्री हुने गरेको थियो । भाउ बढेसँगै दैनिक १० किलोको हाराहारीमा मात्र बिक्री भइरहेको महासंघको जनाएको छ । मूल्य आकाशिएपछि सुनको खपत घट्दा बैंकहरुले ल्याएको ६ सय ३६ केजी सुन थन्किएको छ ।

१२ वटा वाणिज्य बैंकमा साढे २४ अर्ब रुपैयाँ बराबरको सुन थन्किएको हो । राष्ट्र बैंकबाट अनुमति पाएका वाणिज्य बैंकहरूमार्फत व्यवसायीहरुले सुन खरिद गर्ने गरेका छन् । मूल्य बढेका कारण बजारमा सुन पठाउन नसक्दा बैंकहरूको लागत पनि बढेको छ । बजारमा सुनको माग घटेसँगै सुनचाँदी व्यवसायीहरु कच्चा सुन किन्न वाणिज्य बैंक जानै छोडेका छन् ।

तपाईको प्रतिक्रिया