Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – रेड वाइन हाम्रो पेटका लागि वास्तवमै लाभाकारी हुने हालैको अनुसन्धानको निष्कर्ष रहेको छ । यसमा हुने तत्वले हाम्रो पेटमा बस्ने विभिन्न किसिमका उपयोगी ब्याक्टेरियाहरुको सङ्ख्या बढाउनमा मद्दत गर्ने बताइएको छ । बियर, ह्वाइट वाइन, साइडर लगायतका ड्रिङ्कमा एकदमै कम हुने ‘पोलिफेनोल’ रेड वाइनमा भने अधिक मात्रामा पाइने बताइएको छ जसले नै स्वास्थ्यमा लाभ पुर्याउन सक्ने किङ्स कलेज लन्डनको टोलीले बताएको हो ।

यसमा १५ दिनमा एक ग्लास नै हाम्रो स्वास्थ्यमा भिन्नता ल्याउन पर्याप्त रहेको बताइएको छ तरपनि यस बाहानामा अत्याधिक मात्रामा मदिरा सेवन गर्नु भने राम्रो नहुने उनीहरुको भनाइ छ ।

रातो अङ्गुरको बोक्रामा ‘रेजमरेट्रोल‘ पोलीफेनोल पाइन्छ जुन एक प्रकारको ‘माइक्रोन्युट्रिएन्ट्स’ अर्थात सुक्ष्म पोषक तत्व हो । यसका विभिन्न लाभकारी गुण हुने विश्वास गरिन्छ भने हाम्रो पेटमा बस्ने स्वस्थ ब्याक्टेरियाका लागि आहारका रुपमा काम गर्ने बताइएको छ ।

अत्याधिक मात्रामा सेवन गर्नुले चाहिँ व्यक्तिको सामान्य स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको दाबी गरेका छ ।

तरपनि मदिराहरुबीच छनौट गर्नु परेमा स्वास्थ्यका हिसाबले रेड वाइन अहिलेका लागि सबैभन्दा उपयुक्त हुने अनुसन्धानकर्ताले बताएका छन् ।

तपाईको प्रतिक्रिया