Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौ – गाडीभन्दा महंगो पर्ने मोटरसाइकल नेपाली बजारमा आएको छ । ६१ लाख ९० हजार रुपैयाँ पर्ने मोटरसाइकलको बिक्रीका लागि नाडा अटो सो २०१९ मा राखिएको छ ।

राजधानीमा मंगलबारदेखि सुरू भएको नाडा अटो सोमा ६१ लाख ९० हजार रुपैयाँ पर्ने बाइक प्रदर्शनीमा राखिएको हो । यो इटालियन कम्पनी हार्ले डेभिडसनको मोटरसाइकल हो । उच्चतम प्रविधि र सुविधाका कारणले पनि हार्ले डेभिडसनको मोटरसाइकलको विश्वभरी चर्चा हुने गरेको छ ।

नौ सय ९८ सीसी क्षमता इन्जिन रहेको मोटरसाइकल इटालियन कम्पनी एमभी अगस्टाले उत्पादन गरेको चौथो पुस्ताको स्पोर्टी बाईक एफ-४ १००० मोडलको बाइक हो । एमभी अगस्टा बाइकको नेपालका लागि आधिकारिक बिक्रेता गियर भेञ्चर प्रालिले बिक्रीका लागि नेपाल भित्र्याएको हो । सन् १९०७ मा स्थापना भएको इटालीको एभिएसन कम्पनी एमभी अस्टाले सन् १९४५ देखि सवारीसाधन उत्पादन गर्दै आएको छ ।

चार  सिलिण्डर इन्जिन १९५ हर्स पावर भएको बाइकको ११० एनएम टक्र्यू क्षमता छ । त्यस्तै, बाइकको अधिकतम १३४०० आरपीएम क्षमता छ । टक्र्यू क्षमता १०.८ एनएममा ९६०० आरपीएम रहेको छ । यसको इन्जिन म्यानेजमेन्ट सिस्टम टक्र्यू कन्ट्रोलमा ४ वटा म्याप्स र ८ तहको इन्टरभेन्सन छ । यो बाइकको तौल १९१ केजी छ भने इन्धन क्षमता १७ लिटरको छ । अटो सोमा यो बाइक हेर्ने र बाइकसँग फोटो खिचाउनेको भीड देखिन्छ ।

तपाईको प्रतिक्रिया