Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सोमबार सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर प्रतितोला ७३ हजार पाँच सय पुगेको छ ।

आइतबार सुनको मूल्य ७२ हजार पाँच सय रुपैयाँ थियो । शुक्रबार छापावाला सुन प्रतितोला ७३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यमा आइतबार नयाँ रेकर्ड कायम भएको थियो । शुक्रबारभन्दा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेर आइतबार प्रतितोला ७२ हजार पाँच सय पुगेको थियो ।

सुनको मूल्य अत्याधिक बढेसँगै तीजमा पनि सुनको कारोबार हुन सकेको छैन । यस अघिका वर्षमा तीजमा अत्याधिक रुपमा सुनको किनबेच हुने गरेको थियो । यस वर्ष तीज आउन एक हप्तामात्रै बाँकी रहँदा बजार भने सुस्ताएको छ । महासंघको तथ्यांकअनुसार, दैनिक २५ देखि ३० किलोसम्म सुनको बिक्री हुने गरेको थियो । भाउ बढेसँगै अहिले भने दैनिक १० किलोको हाराहारीमा मात्र बिक्री भइरहेको महासंघले जनाएको छ ।

मूल्य आकाशिएपछि सुनको खपत घट्दा बैंकहरूले ल्याएको ६ सय ३६ केजी सुन थन्किएको छ । १२ वटा वाणिज्य बैंकमा साढे २४ अर्ब रुपैयाँ बराबरको सुन थन्किएको हो । सुनचाँदी राष्ट्र बैंकबाट अनुमति पाएका वाणिज्य बैंकमार्फत व्यवसायीले खरिद गर्ने गरेका छन् । मूल्य बढेका कारण बजारमा सुन पठाउन नसक्दा बैंकहरूको लागत बढेको छ । बजारमा सुनको माग घटेसँगै सुनचाँदी व्यवसायी कच्चा सुन किन्न वाणिज्य बैंक जानै छोडेका छन् ।

तपाईको प्रतिक्रिया