Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ –  जापानीहरु प्रायः स्लिम  हुन्छन् ।  जापानीहरुको औसत आयु ८४ वर्ष छ । यसमा उनीहरुको संस्कार , सभ्यताका साथै  खानपानको ठूलो भूमिका छ ।

उनीहरु खाना खानका लागि मात्र हैन, आफ्नो स्वास्थ्यप्रति पर्ने असरका बारे पनि बढी सजग हुने गर्छन् । उनीहरुको सजगताकै कारण जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि  परिचित छन् । ।

त्यसैले उनीहरु यस्ता खानेकुरा खान्छन्, जो स्वास्थ्यवर्दक छ । जसले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ ।

 

जापानीहरुका खानपानका केही संस्कारहरु यस्ता रहेका छन्

  • जापानीहरु खाना खानुअघि  टाउको झुकाएर भोजनप्रति कृतज्ञता व्यक्त गर्छन् ।
  • ब्रेकफाष्ट जापानीहरुको ब्रेकफाष्टमा दिनकै सबैभन्दा धेरै खाना खान्छन् । पारम्परिक जापानी ब्रेकफाष्टमा स्टिम्ड राइस, चिया, तरकारी, मिसो सुप, प्रोटिन ९अण्डा वा माछा र विविध किसिमका साइड डिसहरु हुन्छ ।
  • एउटा मात्रै खाना धेरै खानुभन्दा भन्दा पनि उनीहरु विभिन्न परिकारहरु थोरै थोरै मात्रामा खाने गर्दछन् । यसमा अलि अलि प्राय सबै पोषण तत्वहरु मिसिएको हुन्छ ।
  • जापानी खानामा पनि चामल अर्थात भात प्रमुख खाना मध्यमै पर्छ । जापानमा भात नुन र ध्यु केही पनि नहालिकनै पकाइन्छ ।
  • भातजस्तै सिफूड पनि जापानी खानाको महत्वपूर्ण पक्ष हो ।
  • जापानमा खाना बनाउँदा तेलको प्रयोग एकदमै कम गरिन्छ । प्रायजसो जापानी खानाहरु स्टिुयुड, ग्रिल्ड गरिन्छ । खाना छिटो पाकोस् र त्यसमा भएको पोषक तत्व खेर नजाओस भनेर तरकारी तथा मासुहरु एकदमै पातलो गरेर काटिन्छ ।
  • खानेकुरा पचाउन सजिलो होस् भनेर जापानी खानाहरु एकदमै सरल प्रकारका सिजनिङ गरिन्छ ।
  • जापानीहरु विशेषगरी ग्रीन टीको सेवन अत्याधिक मात्रामा गर्ने गर्छन् ।
तपाईको प्रतिक्रिया