Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

टोकियो – केही दशकअघिसम्म नेपाली समाजमा मोटाघाटा मान्छेलाई हुनेखाने र धनाढ्यतासंग जोडेर हेरिने गरिन्थ्यो । मोटाघाटा हुनुलाई धन विलासिता र सुखसयलका बिषय मानिन्थ्यो । जमाना बदलिएको छ । अब मोटाउनुको बुझाई रोगको घर र शारीरिक सौन्दर्यताको बाधककारुपमा हेर्न थालिएको छ ।

त्यसैले अचेल स्वास्थ्य र शारीरिक तन्दुरुस्तीलाई ठीकठाक राख्न खानापिनामा ध्यान दिने, ब्यायाम गर्ने, मर्निङ वाकमा जाने, जिम सेन्टर जाने गर्न थालिएको छ । यति हुँदाहुँदै पनि नेपाली समाजको खानापिनाको सँस्कारले गर्दा पनि मोटोपना बढाउनमा प्रमुख भूमिका खेलेको पाईन्छ । बिहान उठेदेखि पाहुनाको सत्कारमा होस् या फुर्सदलाइ उपयोग गर्न दूधजन्य गुलियो चिया, खानापिनामा प्राय:जसो दालभात, तरकारी, मासुजन्य परिकार र त्यसमा तेलजन्य तथा मसलादार हुनु नेपाली खानाका विशेषता हुन् । त्यसमा हरियो सागपात, सलाद र भोजनलाई सन्तुलित बनाउनेतिर ध्यान दिईएको हुँदैन । भोजभतेरमा होस् या पाहुनालाई मेजपानी खुवाउन हाम्रो खानामा अन्य चीज भन्दा भात बढि खाने र खुवाउनमा प्रेरित गर्ने सँस्कार विद्यमान छ ।

यसकारण पनि अन्य मुलुकका तुलनामा नेपालीहरुको मोटोपन अस्वभाविक बढ्ता देखिन्छ । उमेरले ३५, ४० नकट्दै महिला होऊन् वा पुरुष नेपालीहरु ड्याम्मको भुँडीसहितको मोटोपनाले पाको उमेर देखाउने गरेको पाईन्छ भने जसका कारण विभिन्न रोगलाई सहज आमन्त्रण गरिरहेको हुन्छ । अस्वभाविक मोटो हुनुपूर्व सन्तुलित भोजन, आराम र नियमित ब्यायाम जस्ता बिषयमा सावधानी अपनाईनुपर्नेमा मोटाइसकेपछि घटाउनका लागि नानाथरिका खर्चिला र कृत्रिम उपायहरु अवलम्बन गर्नतिर नेपाली समाज उद्यत छ । त्यसकारण पनि यस्ता बिषयमा जनचेतानको असाध्यै आवश्यक देखिन्छ ।
त्यसमाथि सूचना र प्रविधिको चरम विकास र पहुँचले गर्दा प्राप्त सुविधाका कारण मानिसहरु आफ्नो दैनिकीको अत्यधिक समय मोवाइलमा बिताउन थालेका छन् । मानिसहरु खाना खांदै गर्दा, शौचालयमा बस्दै गर्दा, बाथरुममा नुहाउंदै गर्दा, ड्राईभिंग गरिरहेको अवस्थामा समेत  मोवाइलको प्रयोग सामान्य हुन थालेको छ । जसले गर्दा समयमा खाना खाने, नियमित व्यायाम गर्ने, आराम गर्ने जस्ता दैनिकीलाई गोलमाल बनाईदिएको छ । यसकारण पनि मानिसहरुमा मोटोपना बढ्नेक्रममा देखिन्छ ।

एक अनुसन्धानले देखाएअनुसार मोटोपन बढ्नुको कारणमध्ये मोबाइलको धेरै प्रयोग पनि एक रहेको पाईएको छ । क्यालिफोर्नियाको सिमोन बोलिवर युनिभर्सिटीको हालैको एक अनुसन्धानकाअनुसार दिनभरमा मोबाइलको प्रयोग पाँच घण्टा गरेमा मोटोपन बढ्ने खतरा ४३ प्रतिशतसम्म रहेको बताईएको छ । अनुसन्धानमा मोटोपनको कारण मोबाइलमा व्यस्त रहनाले शारीरिक अभ्यास नगर्नु र धेरै खाना खानु देखिएको छ । एक हजार विद्यार्थीमा गरिएको शोधकर्ताको अनुसन्धानमा फोन धेरै प्रयोग गर्ने विद्यार्थीले गुलियो पेय पदार्थ, फास्ट फुड, चकलेट खाने र शारीरिक परिश्रम कम गर्ने गरेको पाईएको छ । अनुसन्धानकर्ताका अनुसार यो बानीले मेटाबोलिजम कम गर्छ र अनिद्राको समस्या निम्त्याउँछ । त्यसपछि शरीरको तौल पनि बढ्छ ।

अनुसन्धानकर्ता तथा हृदयरोग विशेषज्ञ प्रोफेसर मिरेरी मेन्टिला मोरोनका अनुसार मानिसको हातमा रहेको फोन नै स्वास्थ्य खराब हुने प्रमुख कारण हो । लगातार मोटोपन बढ्ने कारणले मुटु रोगको खतरा पनि बढ्छ । अमेरिकन कलेज अफ कार्डियोलोजीको एक सम्मेलनमा पेस गरिएको अनुसन्धानका अनुसार अनुसन्धानमा समावेश २५ प्रतिशत विद्यार्थीको तौल बढी थियो । यी विद्यार्थी सँधै ५ घण्टाभन्दा बढी समय फोनमा बिताउँथे ।

टेक्सासको राइस युनिभर्सिटीकाअनुसार फोनको धेरै प्रयोग गर्ने मानिसलाई जब फास्ट फुड दिइन्छ तब उनीहरूमा नियन्त्रण कम हुन्छ । सन् २०१६ मा हावर्ड चेन स्कुलको अनुसन्धानमा पनि मोबाइलमा धेरै समय बिताउनाले मोटोपन बढ्ने आशंका गरिएको छ ।

मोटोपना नियन्त्रण गर्न आफ्नो दैनिकी आफैले व्यवस्थित गरी खानपान, व्यायाम र आरामलाई मुलमन्त्र मानेर चल्नुपर्ने विज्ञहरु बताउँछन् ।***

तपाईको प्रतिक्रिया