Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – आन्तरिक उडान गर्दै आएको श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको छ । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानको अनुमति दिएको हो ।

मंगलबार मात्रै बनारसमा परीक्षण उडान गरेको श्री एयरलाइन्सलाई मन्त्रालयले भारतका चार शहर र बंगालादेशको ढाका उडानका लागि अनुमति दिएको छ । ‘मन्त्रालयले दिने पहिलो चरणको अनुमति पाएका छौं, अब दस्तुर तिरेपछि बाँकी प्रक्रिया सुरु हुन्छ,’ एयरलाइन्सका बजार निर्देशक अनिल मानन्धरले  भने ।

श्री एयरलाइन्सले गत फागुनमा अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि आवेदन दिएको थियो । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएपछि अनुमति प्रक्रिया समेत लम्बिएको थियो । केही साता अघिमात्रै मन्त्री बनेका योगेश भट्टराईले अनुमति दिने निर्णय गरेका हुन् । मन्त्रालयको हवाइ महाशाखाले दुई साता अघि नै प्रस्ताव मन्त्रीको सचिवालयमा पठाएको थियो ।

तपाईको प्रतिक्रिया