Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – बल्ड प्रेसर लो भएका बिरामीहरुले आफ्नो खानेकुरामा विशेष ध्यान दिन अत्यावश्यक छ । खानपानमार्फत नै यसलाई सामान्य बनाउन सक्नुहुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सामान्तयाः यदि कसैको लो ब्लड प्रेसर छ भने त्यस्ता व्यक्तिले इन्सुलिन बढाउनका लागि त्यस्ता व्यक्तिहरुले गुलियो खानेकुराहरु खाने गर्दछन् । लो ब्लड प्रेसरका बिरामीले कस्तो प्रकारको खानेकुरा खानुपर्छ भन्ने विषयमा केहि जानकारी तल दिइएको छ ।

१. पात भएको सागसब्जीः पात भएको सागसब्जीमा आइरन हुने गर्दछ जुन मानव शरिरको लागि अत्यावश्यक खनिज पदार्थ हो । ब्लड प्रेसरलाई कम गरेर त्यसलाई सामान्य बनाउनका लागि यो निकै महत्वपूर्ण हुने गर्दछ ।

२. डार्क चक्लेटः डार्क चक्लेटले मुटुको रोगी र कम ब्लड प्रेसर भएका बिरामीहरुका लागि राम्रो मानिन्छ ।

३. बदामः बदामले तपाईंको उर्जा र प्रतिरोध क्षमतालाई बृद्धि गर्ने गर्दछ । यसका साथै यसले रक्तचापलाई नियमित गर्ने गर्दछ त्यसकारण यसलाई दैनिक आहारमा समावेश गर्नुहोस् ।

४. बिना बोसोको मासुः यस्तो मासुको सेवन गर्नुहोस् जसमा बोसोको मात्रा कम हुन्छ । जो व्यक्तिको कम रक्तचापको समस्या छ उनीहरुका लागि टर्की, चिकन र माछाजस्ता पदार्थको सेवन गर्न उचित हुन्छ । यो कम रक्तचापका लागि सर्वोत्तम आहार हो ।

५. सागसब्जीः सागसब्जीमा प्रोटिन र भिटामिन हुने गर्दछ । ब्लडप्रेसरलाई सामान्य बनाइराख्नका लागि प्रत्येक दिन सागसब्जी खाने गर्नुहोस् ।

६. फलफूलः यस्तो फलफूलको सेवन गर्नुहोस् जसमा प्रोटिनको मात्रा बढि हुन्छ । यो यस्तो फल हो जसले रक्तचापका बिरामीका लागि निकै राम्रो हुने गर्दछ ।

७. कालो खाद्य पदार्थः कालो अंगुर, कालो छोगडा आदि खाद्य पदार्थमा आइरनको मात्रा अत्यधिक हुने गर्दछ । यी सबै पदार्थ कम रक्तचापलाई सामान्य बनाउनका लागि निकै उपयोगी हुने गर्दछ । यसलाई आहारमा समावेश गर्दा रक्तचापका साथै मुटुलाई पनि स्वस्थ राख्ने गर्दछ ।

८. अमिलो खाद्य पदार्थः गर्मीमा अमिलो खाद्य पदार्थ जस्तो सुन्तला आदि स्वास्थ्यका लागि निकै राम्रो हुने गर्दछ किनभने यसमा पानी र एसिड दुबै पाइने हुनाले कम रक्तचाप भएका बिरामीहरुको शरिरमा उर्जा निर्माण गर्न सहयोग गर्ने गर्दछ ।

९. गहुँ: मैदाको तुलनामा गहुँ निकै राम्रो मानिन्छ । कम रक्तचापलाई सामान्य बनाउनका लागि यसको प्रयोग गर्नु लाभदायक हुने गर्दछ भने स्वास्थ्यको दृष्टिकोणले पनि उत्कृष्ट साबित हुन्छ ।

१०. लसुनः लसुनलाई आफ्नो आहारमा समावेश गर्ने मानिसहरुको रक्तचाप सामान्य हुने गर्दछ ।

तपाईको प्रतिक्रिया